मतदान केन्द्र लगिंदै निर्वाचन सामग्री (फोटो फिचर)
![मतदान केन्द्र लगिंदै निर्वाचन सामग्री (फोटो फिचर)](https://www.himalkhabar.com/uploads/posts/800X600/election_0_1668493808.jpg)
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खोटाङमा निर्वाचन सामग्री वितरण भइरहेको छ।
जिल्ला निर्वाचन कार्यालय खोटाङले मंगलबारदेखि मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन शुरू गरेको हो। दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/election/election_1.jpg)
मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप, स्टाम प्याड, स्टाम प्याड मसी, पर्मानेन्ट मार्कर, मार्कर पेन, स्केल मेटल, कैंची, ग्लुस्टिक, पञ्चिङ मेसिन, प्लाष्टिक थैलो, प्लाष्टिक बोरा, दुई मिटर कोरा कपडा, कोरा कपडाको थैलो, लाहा लगायत ६२ प्रकारका सामग्री वितरण गरिंदै छ। बुधबारसम्म सबै केन्द्रमा खटिएका कर्मचारीलाई मतदान सामग्री बुझाइसकिने निर्वाचन कार्यालयले जनाएको छ।
आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/election/election_3.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/election/election_4.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/election/election_5.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/election/election_6.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/election/election_7.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/election/election_8.jpg)