रेशम चौधरीको उम्मेदवारी खारेज
![रेशम चौधरीको उम्मेदवारी खारेज](https://www.himalkhabar.com/uploads/posts/800X600/Resham_lal_Chaudhari_1665501282.jpg)
टीकापुर घटनामा दोषी ठहर भएर सजाय भोगिरहेका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ।
चौधरीले प्रतिनिधि सभा सदस्यका लागि बर्दिया–२ बाट वारेस मार्फत उम्मेदवारी दर्ता गराएका थिए।
बर्दिया निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत नरेन्द्र लम्सालका अनुसार, अदालतबाट दोषी ठहर भएकाले चौधरीको उम्मेदवारी खारेज भएको हो। प्रतिनिधि सभा निर्वाचन ऐनको दफा १३ मा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर उम्मेदवार बन्न नपाउने प्रावधान छ।
चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका थिए। यही पार्टीबाट उम्मेदवारी दिएका लक्ष्मण थारूको पनि उम्मेदवारी खारेज भएको छ।
मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले थारु विरुद्ध दिएको उजुरी जाँचबुझ गर्दा उनी उम्मेदवार हुन ‘अयोग्य’ पाइएकाे हाे। टीकापुर घटना सम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरी कैद सजाय समेत तोकेको अवस्थामा कैद भुक्तान नगरेका चौधरी कानूनतः उम्मेदवार बन्न अयोग्य देखिएको उनको भनाइ छ।