जेलमा रहेका रेशम चौधरीले गरे बर्दिया २ बाट मनोनयन दर्ता
![जेलमा रहेका रेशम चौधरीले गरे बर्दिया २ बाट मनोनयन दर्ता](https://www.himalkhabar.com/uploads/posts/800X600/resham_chaudhari_3_1600010930.jpg)
आठ जनाको ज्यान गएको टीकापुर घटनामा जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएका रेशम चौधरीले बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन्।
रेशमले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन्। जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलबाट दोषी ठहर भएका रेशम काठमाडौंको डिल्लीबजार कारागारमा छन्। उनी २०७४ को चुनावमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।
यस्तै‚ सोही घटनामा अदालतको फरार सूचीमा रहेका थरूहट नेता लक्ष्मण थारूले कैलाली क्षेत्र नं ५ बाट उम्मेदवारी दिएका छन्। उनी उच्च अदालतबाट दोषी ठहर भएका हुन्। थारूले २०७४ मा पनि कैलालीबाट चुनाव लडेका थिए।
उनीहरू दुवैले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ।