हनुमानढोकामा फूलपाती भित्र्याइयो‚ टुँडिखेलमा सेनाको बढाइँ (तस्वीरहरू)
![हनुमानढोकामा फूलपाती भित्र्याइयो‚ टुँडिखेलमा सेनाको बढाइँ (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/fulpati_6_1664716179.jpg)
हनुमानढोकास्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ। गोर्खाबाट ल्याइएको फूलपाती दशैंको सातौं दिन धार्मिक विधिपूर्वक दशैंघरमा भित्र्याउने चलन छ।
फूलपातीको अवसरमा नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपालीले फूलपाती बढाइँ गरेको हो। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवा लगायतको उपस्थिति रहेको थियो। सेनाको बढाइँ टोलीले राइफल र तोप पड्काएर बढाइँ गरेको थियो।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/philpati/fulpati_3.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/philpati/fulpati_1.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/philpati/fulpati_4.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/philpati/fulpati_5.jpg)