मोरङ कारागारका १९ कैदीबन्दीमा कोरोना
![मोरङ कारागारका १९ कैदीबन्दीमा कोरोना](https://www.himalkhabar.com/uploads/posts/800X600/morang-karagar_1657945504.jpg)
मोरङको विराटनगरस्थित जिल्ला कारागारका १९ जना कैदीबन्दीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।
खोकीसँगै ज्वरो आउने आउन थालेपछि पीसीआर परीक्षण गर्दा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। उनीहरूलाई कोशी कोभिड–१९ अस्पताल भर्ना गरिएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार, खोकीसँगै ज्वरो आएका ५० कैदीबन्दीमध्ये ४८ जनाको शुक्रबार पीसीआर परीक्षण गरिएको थियो।
परीक्षण गरिएका ४८ मध्ये दुई जनाको रिपोर्ट नेगेटिभ देखाएको छ। अन्य कैदीबन्दीको परीक्षण गरिएको रिपोर्ट आउँन बाँकी छ। मोरङ कारागारमा एक हजार ८७ जना कैदीबन्दी छन्।
त्यस्तै, इलाका प्रहरी कार्यालयका हिरासतमा रहेका तीन जना बन्दीमा पनि कोरोना देखिएको छ।
लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरूमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो।
कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका कैदी ३९ वर्षीय नीरबहादुर नेपालको चार दिनअघि मृत्यु भएको थियो। उनलाई कोरोना सङ्क्रमण भएको थियो कि थिएन भन्ने पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।