हँसाएरै जुट्यो मुगुको स्कूललाई सहयोग (तस्वीरहरू)
![हँसाएरै जुट्यो मुगुको स्कूललाई सहयोग (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/saili_basnet_1657887154.jpg)
सगरमाथा आरोही एवं स्ट्यान्ड अप कमेडियन शैली बस्नेतले हँसाएरै मुगुको विद्यालयका लागि सहयोग जुटाएकी छन्।
खचाखच भरिएको काठमाडौंको बौद्धनाथ परिसरको उत्पल क्याफेमा शनिबार साँझ ठूलो आवाजमा हाँसो गुञ्जिरहेको थियो। दर्शकलाई हसाँइरहेकी थिइन् सगरमाथा आरोही एवं स्ट्यान्ड अप कमेडियन शैली बस्नेत।
शैली बस्नेत।मुगुको नेपाल राष्ट्रिय आवासीय विद्यालयका लागि सहयोग जुटाउन ‘कमिक रिलिफ फर मुगु’ कार्यक्रम आयोजना गरिएको थियो। त्यहि कार्यक्रममा बस्नेतले दर्शकलाई हसाइँरहेकी थिइन्।
स्ट्यान्ड अप कमेडियन बस्नेतसँगै डोरेश खतिवडा र सरोज भण्डारीको करीब डेढ घण्टाको रमाइलो प्रश्तुतिले दर्शकलाई बारम्बार हासिरहन बाध्य बनाएको थियो। तीनै जनाले कहिले समसामयिक विषयमा त कहिले आफैमाथि ब्यङ्ग गरेर दर्शकलाई बाँधि राखे।
यो कार्यक्रमबाट मुगुको विद्यालयका लागि ७७ हजार सहयोग संकलन भएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/saili%20basnet/ShaileeBasnet_BR03%20(3).jpg)
आरोही र कमेडियन बस्नेतले सन् २०११ देखि निरन्तर विभिन्न देशमा आफ्नो प्रस्तुतिले दर्शकलाई हसाउँदै आएकी छन्। यससँगै उनले बेचबिखन र दुर्व्यवहारबाट जोगिएका युवतीलाई ट्रेकिंग गाइड बन्न तालिम आयोजना गरेर आर्थिक रुपले सबल बनाउने कार्य पनि गरिरहेकी छन्।
उनले आउँदो ८ अक्टुबरमा अमेरिकाको सन फ्रान्सिस्कोमा ‘माउन्ट एभरेस्ट डायरिज्’ कार्यक्रम आयोजना गर्दै छिन्। जसमा आरोही एवं लेखक सिल्विया वस्कोज लभाडोले उनलाई साथ दिनेछन्।
डोरेश खतिवडा।
सरोज भण्डारी।![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/saili%20basnet/ComicReliefForMUGU_BR01.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/saili%20basnet/ComicReliefForMUGU_BR03.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/saili%20basnet/ComicReliefForMUGU_BR02.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/saili%20basnet/ComicReliefForMUGU_BR.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/saili%20basnet/ShaileeBasnet_BR03%20(4).jpg)