तस्वीरमा बालेनको विजय र्याली
![तस्वीरमा बालेनको विजय र्याली](https://www.himalkhabar.com/uploads/posts/800X600/balen_1653621662.jpg)
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) को विजय र्याली शुरू भएको छ।
स्वतन्त्र उम्मेदवार बालेन आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा २३ हजार ४२६ मत बढी ल्याएर विजयी भएका हुन्। बालेनले ६१ हजार ७६७ मत र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ प्राप्त गरेकी छन्। नेकपा (एमाले) का केशव स्थापितले ३८ हजार ११७ भोट पाएका छन्।
विजय र्याली मतगणना स्थल राष्ट्रिय सभागृहबाट शुरू भएको छ। त्यहाँबाट भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्ने जनाइएको छ। त्यहाँबाट स्वयम्भू, बालाजु, महाराजगञ्ज, चाबहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुलामञ्चमा गएर समापन गरिनेछ।
![](https://www.himalkhabar.com/uploads/editor/Authors/NewFolder%201/balen%20(5).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Authors/NewFolder%201/balen%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Authors/NewFolder%201/balen%20(7).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Authors/NewFolder%201/balen%20(3).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Authors/NewFolder%201/balen%20(2).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Authors/NewFolder%201/balen%20(1).jpg)