यी हुन् २ देखि १०० मतान्तरले जित्ने ५९ पालिका प्रमुख
![यी हुन् २ देखि १०० मतान्तरले जित्ने ५९ पालिका प्रमुख](https://www.himalkhabar.com/uploads/posts/800X600/mustang_2_1653560381.jpg)
स्थानीय तहको निर्वाचनमा ५९ पालिकामा एक सयभन्दा कम मतले हार-जित भएको छ।
निर्वाचन आयोगका अनुसार, बिहीबार मध्याह्नसम्म ७४९ स्थानीय तहको मतगणना सम्पन्न भएको छ। देशभरका ७५३ स्थानीय तहमध्ये चार वटा स्थानीय तहको मात्रै मतपरिणाम आउन बाँकी छ।
अहिलेसम्म ५९ वटा स्थानीय सरकार प्रमुखमा एक सयभन्दा कम मतको हार-जित भएको छ। मुस्ताङको घरपझोङ गाउँपालिकामा सबैभन्दा कम दुई मतले हार-जित भएको छ।
नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन दुई मतले नेकपा (एमाले) का सन्जनकुमार थकालीलाई पराजित गदै गाउँपालिका अध्यक्ष बनेका छन्। लालचनले ७६० मत पाए भने थकालीले ७५८ मत पाए।
त्यस्तै, जुम्लाको पातारासी गाउँपालिकामा एक सय मतले हार-जित भएको छ। कांग्रेसका पूर्णसिंगे बोहोराले दुई हजार ७६८ मत पाए भने नेकपा (माओवादी केन्द्र) का हरिबहादुर बुढाले दुई हजार ६६८ मत पाए।
प्रदेश १ :
![](https://www.himalkhabar.com/uploads/editor/election/local%20election_2079/result/pradesh_1.JPG)
मधेश प्रदेश:
![](https://www.himalkhabar.com/uploads/editor/election/local%20election_2079/result/madhesh.JPG)
बागमती प्रदेश:
![](https://www.himalkhabar.com/uploads/editor/election/local%20election_2079/result/bagamati.JPG)
गण्डकी प्रदेश:
![](https://www.himalkhabar.com/uploads/editor/election/local%20election_2079/result/gandaki.JPG)
लुम्बिनी प्रदेश:
![](https://www.himalkhabar.com/uploads/editor/election/local%20election_2079/result/lumbini.JPG)
कर्णाली प्रदेश:
![](https://www.himalkhabar.com/uploads/editor/election/local%20election_2079/result/karnali.JPG)
सुदूरपश्चिम प्रदेश:
![](https://www.himalkhabar.com/uploads/editor/election/local%20election_2079/result/sudurpaschim.JPG)