फेरि मतदान शुरू, भोट माग्दै देउवा र कोइराला
![फेरि मतदान शुरू, भोट माग्दै देउवा र कोइराला](https://www.himalkhabar.com/uploads/editor/Politics/Congress/general%20convention/election_II/nc%20election_2%20(8).jpg)
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको मतदान प्रारम्भ भएको छ।
काठमाडौंको राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा सभापतिका लागि दोस्रो चरणको मतदान शुरू भएको हो। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि फेरि चुनाव भएको हो।
दोस्रो चरणमा सभापतिका उम्मेदवार रहेका शेरबहादुर देउवा र डा. शेखर कोइरालाले मत माग्न थालेका छन्। उनीहरू राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा आ-आफ्नो टीम सहित मत मागिरहेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ४७४३ मतदाता छन्। पहिलो चरणमा ४६७९ जनाले मतदान गरेका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Politics/Congress/general%20convention/election_II/nc%20election_2%20(8).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/Congress/general%20convention/election_II/nc%20election_2%20(7).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/Congress/general%20convention/election_II/nc%20election_2%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/Congress/general%20convention/election_II/nc%20election_2%20(6).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/Congress/general%20convention/election_II/nc%20election_2%20(5).jpg)