चितवनका भीम विश्वकर्माका हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन
![चितवनका भीम विश्वकर्माका हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन](https://www.himalkhabar.com/uploads/posts/800X600/bhim_bk_(1)_1634979870.jpg)
चितवनका भीमबहादुर विश्वकर्माका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
चितवनको भरतपुर महानगरपालिका-४ का ५८ वर्षीय विश्वकर्माको २८ असोजमा हत्या गरिएको थियो। नवमीका दिन बिहान ९ः३० बजे स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठले कुटपिट गरी हत्या गरेको परिवारजनको भनाइ छ।
हत्या गरेको आरोपमा प्रहरीले बस्नेत र श्रेष्ठलाई पक्राउ गरेका छन्। उनीहरू विरुद्ध ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी तथा युवा सहभागी थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bhim%20bk_chitwan/bhim%20bk%20(2).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bhim%20bk_chitwan/bhim%20bk%20(3).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bhim%20bk_chitwan/bhim%20bk%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bhim%20bk_chitwan/bhim%20bk%20(8).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bhim%20bk_chitwan/bhim%20bk%20(7).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bhim%20bk_chitwan/bhim%20bk%20(6).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bhim%20bk_chitwan/bhim%20bk%20(5).jpg)