घस्रिंदै, पल्टिँदै ब्रह्मायणी जात्रामा (तस्वीरहरू)
![घस्रिंदै, पल्टिँदै ब्रह्मायणी जात्रामा (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/brahmani_jatra_(9)_1634263303.jpg)
विजयादशमीको दिन भक्तपुरको च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रा धूमधामसँग मनाइँदै छ।
आज बिहानैदेखि भक्तजन मन्दिर परिसरमा पुगेका छन्। नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा टीकाको दिन नवदुर्गा प्रकट हुने जनविश्वास छ।
व्रत बसेका भक्तजन बिहानै घरदेखि मन्दिरसम्म घस्रिंदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप बालेर जाने र पूजा गर्ने प्रचलन छ। यसो गर्दा मनोकाङ्क्षा पूरा हुने, पाप नष्ट हुने, धर्म प्राप्त हुने जनविश्वास छ।
गठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात् राँगोलाई नवमीका रातदेखि नवदुर्गा मन्दिरबाट ब्रह्मायणी मन्दिर पुर्याएर बलि दिइन्छ। त्यसपछि यो जात्रा प्रारम्भ हुन्छ।
बलि चढाएको राँगोको टुक्रा मासु लिन भीड लाग्छ। मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बालिन्छ। लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास छ।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/brahmani%20jatra/brahmani%20jatra%20%2812%29.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/brahmani%20jatra/brahmani%20jatra%20(8).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/brahmani%20jatra/brahmani%20jatra%20(11).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/brahmani%20jatra/brahmani%20jatra%20(5).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/brahmani%20jatra/brahmani%20jatra%20(10).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/brahmani%20jatra/brahmani%20jatra%20(3).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/brahmani%20jatra/brahmani%20jatra%20(1).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/brahmani%20jatra/brahmani%20jatra%20(2).jpg)