विद्यार्थीलाई कोरोना विरुद्धको खोप (तस्वीरहरू)
![विद्यार्थीलाई कोरोना विरुद्धको खोप (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/student_(2)_1629448451.jpg)
काठमाडौंमा १८ वर्ष पुगेका कक्षा ११ र १२ का विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोप भेरोसेल लगाउन थालिएको छ।
काठमाडौं महानगरपालिकाले सबै वडा मार्फत खोप लगाउन थालेको हो। त्यससँगै राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप लगाउने व्यवस्था गरिएको छ।
१८ वर्ष पुगेका कक्षा ११ र १२ का विद्यार्थीसँगै विश्वविद्यालयको परीक्षा प्रवेशपत्र भएका विद्यार्थीलाई पनि खोप लगाउन थालिएको हो। विद्यार्थीलाई शनिबार र मंगलबार पनि खोप लगाइने काठमाडौं महानगरपालिकाले जनाएको छ। यससँगै ४० वर्षभन्दा माथिका नागरिकलाई भेरोसेल खोप लगाउन थालिएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/student_verocell/student%20(6).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/student_verocell/student%20(8).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/student_verocell/student%20(7).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/student_verocell/student%20(5).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/student_verocell/student%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/student_verocell/student%20(1).jpg)