दानिश सिद्दीकीको सम्झनामा दीप प्रज्वलन
![दानिश सिद्दीकीको सम्झनामा दीप प्रज्वलन](https://www.himalkhabar.com/uploads/posts/800X600/pj8_1626789411.jpg)
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका लागि भारतको रोयटर्स पिक्चर्स मल्टिमिडिया प्रमुख दानिश सिद्दीकीको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।
फोटो पत्रकारहरूको संस्था पिजे क्लबले सोमबार साँझ काठमाडौंको स्वयम्भूनाथ परिसरमा दीप प्रज्वलन गरेको हो।
सिद्दीकी अफगानिस्तानको कान्दाहारमा भएको तालिवान र अफगान स्पेसल फोर्सेसबीचको भिडन्तमा १ साउनमा मारिएका थिए।
पछिल्लो दशकका युद्ध, संकट र मानवीय संघर्षका उल्लेखनीय फोटो खिचेका उनलाई सन् २०१८ मा विख्यात पुलिट्जर अवार्ड समेत प्रदान गरिएको थियो।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/pj.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/pj1.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/pj2.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/pj3.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/pj4.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/pj5.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/pj6.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/pj7.jpg)