निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल र भिडभाड (तस्वीरहरू)
![निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल र भिडभाड (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/kathmandu_22_(9)_1625549359.jpg)
कोभिड-१९ नियन्त्रणका लागि दुई महीनादेखि लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंमा एकाएक चहलपहल र भिडभाड बढेको छ।
काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजबाट निषेधाज्ञा खुकुलो बनाएका हुन्। सार्वजनिक यातायातका साधन सञ्चालनमा आएका छन् भने निजी सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली पनि हटेको छ।
त्यस्तै, सबै व्यापार, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय सञ्चालनमा आएका छन्। २५ जनासम्म भेला, सभा, सम्मेलन, गोष्ठी पनि गर्न छूट दिइएको छ। निषेधाज्ञा खुकुलो पारिए पनि कोरोनाभाइरसको जोखिम भने कम नभएको जनस्वास्थ्यविज्ञले बताउँदै आएका छन्। सोमबार काठमाडौंमा कोरोना संक्रमित पनि बढेका थिए।
तथापि, आजबाट काठमाडौंको जनजीवन फेरि पुरानै अवस्थामा फर्केको छ। सडकमा चलहपहल बढेको छ भने ट्राफिक जाम हुन थालेको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ktm_khukulo/kathmandu_22%20%2811%29.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ktm_khukulo/kathmandu_22%20(12).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ktm_khukulo/kathmandu_22%20(13).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ktm_khukulo/kathmandu_22%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ktm_khukulo/kathmandu_22%20(1).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ktm_khukulo/kathmandu_22%20(7).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ktm_khukulo/kathmandu_22%20(3).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ktm_khukulo/kathmandu_22%20(14).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ktm_khukulo/kathmandu_22%20(6).jpg)