बुद्ध जयन्तीमा सुनसान बौद्धनाथ क्षेत्र (तस्वीरहरु)
![बुद्ध जयन्तीमा सुनसान बौद्धनाथ क्षेत्र (तस्वीरहरु)](https://www.himalkhabar.com/uploads/posts/800X600/Bouddha_(1)_1622020845.jpeg)
आज वैशाख पूर्णिमा अर्थात् २५६५औं बुद्ध जयन्ती, विश्वभरका बौद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्ती मनाउँदै छन्। तर, यस वर्ष कोरोनाभाइरस महामारीका कारण विशेष कार्यक्रमविना नै मनाइँदै छ।
बुद्धको जन्मस्थल लुम्बिनीसहित सबै बौद्ध स्तुपाहरूमा विगत वर्षमा विशेष समारोह गरी बुद्ध जयन्ती मनाउने गरिन्थ्यो। तर यस पटक विधि पूरा गर्ने गरी सामान्य पूजा मात्र गरेर मनाइएको छ।
यस वर्ष लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ मात्र गरिएको छ। लुम्बिनीमा गत वर्षको बुद्ध जयन्तीमा पनि कोरोना रोकथामका लागि लागू गरिएको लकडाउन (बन्दाबन्दी) का कारण पूजापाठ मात्र गरिएको थियो।
काठमाडौंको बौद्धनाथ पनि बुद्ध जयन्तीमा सुनसान देखियो। त्यहाँ पनि दीप प्रज्वलन र सामान्य पूजापाठ गरेर यो विशेष पर्व मनाइएको छ। हेर्नुस्- बुद्ध जयन्तीमा बौद्धनाथ क्षेत्रको दृश्य:
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Baudhha%20%40%20Buddha%20Jayanti%202078/Bouddha%20(2).jpeg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Baudhha%20%40%20Buddha%20Jayanti%202078/Bouddha%20(3).jpeg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Baudhha%20%40%20Buddha%20Jayanti%202078/Bouddha%20(4).jpeg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Baudhha%20%40%20Buddha%20Jayanti%202078/Bouddha%20(6).jpeg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Baudhha%20%40%20Buddha%20Jayanti%202078/Bouddha%20(7).jpeg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Baudhha%20%40%20Buddha%20Jayanti%202078/Bouddha%20(5).jpeg)