जनकपुरधाममा सीता–राम विवाह महोत्सवको रौनक (तस्वीरहरू)
![जनकपुरधाममा सीता–राम विवाह महोत्सवको रौनक (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/Bihah-panchami3_1608390078.jpg)
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शनिबार सीता–राम विवाह महोत्सव मनाइएको छ।
त्रेतायुगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिलावासीले वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता–रामको विवाह महोत्सव मनाउने गर्छन्।
सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवी–देवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वास राख्छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Bihaba-Panchami/Bihah-panchami6.jpg)
मिथिलामा प्रत्येक दुलहालाई राम र प्रत्येक दुलहीलाई सीताका रूपमा विवाह गर्ने चलन छ । मिथिलावासीद्वारा रामलाई ज्वाइँ र भिनाजुका रूपमा श्रद्धा व्यक्त गर्दै प्रतीकात्मक सीता–राम विवाहमा आशीष दिने गर्छन्।
थप तस्वीरहरू :
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Bihaba-Panchami/Bihah-panchami5.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Bihaba-Panchami/Bihah-panchami.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Bihaba-Panchami/Bihah-panchami7.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Bihaba-Panchami/Bihah-panchami9.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Bihaba-Panchami/Bihah-panchami8.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Bihaba-Panchami/Bihah-panchami2.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Bihaba-Panchami/Bihah-panchami1.jpg)