आज कुकुर तिहार, यसरी मनाइयो काठमाडौंँमा [तस्वीरहरू]
![आज कुकुर तिहार, यसरी मनाइयो काठमाडौंँमा [तस्वीरहरू]](https://www.himalkhabar.com/uploads/posts/800X600/kukur_tihar4_1605344668.jpg)
आज कुकुर तिहारका दिन नेपालीहरूले घर आँगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाउने गर्छन्। आजको दिन कुकुरको पूजा नगरी खाए पाप लाग्ने भनाइ पनि छ।
आज्ञाकारी र रक्षक जनावर मानिने कुकुरलाई भैरवको बहानसमेत भनिन्छ। प्रत्येक वर्षको कृष्ण चतुर्दशीको दिन कुकुरको विशेष पूजा गर्ने गरिन्छ।आजको दिनमा कुकुरलाई मीठामीठा खानेकुरा खुवाउने चलन छ।
आज विहानको समयमा कृष्ण चतुर्दशीको तिथि भएपनि दिउँसो १ बजेर ४९ मिनेटपछि औंसी तिथि लाग्छ। तसर्थ आज साँझ लक्ष्मीको पूजा साँझ गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताए।
समितिका अनुसार आइतबार बिहानसम्म औंसी तिथि रहने भए पनि बिहान ११ बजेर २७ मिनेटपछि प्रतिपदा तिथि लाग्ने भएकाले लक्ष्मीपूजा अघिल्लै दिन साँझ मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले निर्णय गरेको हो।
थप तस्वीरहरू:
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/kukur%20tihar/kukur%20tihar3.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/kukur%20tihar/kukur%20tihar5.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/kukur%20tihar/kukur%20tihar.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/kukur%20tihar/kukur%20tihar1.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/kukur%20tihar/kukur%20tihar2.jpg)