महाकविको ‘नई दिल्ली फोल्डर’
![महाकविको ‘नई दिल्ली फोल्डर’](https://www.himalkhabar.com/uploads/editor/Historical/Devkota/devkota%20mpp%20%3D%3D%3Dlp.jpg)
हात्तीको स्केच भएको ३४×२६ सेन्टिमीटरका दुई फोल्डरमध्ये एउटा फोल्डरमा अंग्रेजीमा ‘एल.पी. देवकोटा नेपाल’ लेखिएको छ । भित्रपट्टि एशियाई लेखक सम्मेलन, नई दिल्ली लेखिएको फोल्डरमा रहेका सामग्री हेर्दा भारतको नयाँदिल्लीमा सन् १९५६ (२३–२९ डिसेम्बर) मा सम्पन्न एशियाली लेखक सम्मेलनमा नेपालको सहभागिताका विविध जानकारी प्राप्त हुन्छन् ।
दीपक अर्यालयी जानकारीमा सम्मेलनमा जानेहरूको विवरण, खिचिएका तस्वीरहरू, भारतीय साहित्यकार मुल्कराज आनन्दसँग भएको ‘तार आदान–प्रदानको’ विवरण, चिया, चुरोट, खाना खर्च, सम्मेलनमा जान उठाइएको रकम सहयोग (चन्दा), पद्य साहित्यको प्रतिनिधित्व गर्ने ‘इन्द्रेणी’ पत्रिकाको प्रकाशन गर्ने तथा अन्य सामयिक छलफल र निर्णय समावेश छन् ।
बालकृष्ण सम सम्मेलनमा जान असमर्थ भएपछि कृष्णचन्द्रसिंह प्रधानलाई गरिएको अनुरोध, काव्य प्रतिष्ठानको बैठक र लक्ष्मीप्रसाद देवकोटा, भीमनिधि तिवारी, केदारमान व्यथित, माधवप्रसाद घिमिरे, भीमदर्शन रोका आदिको हस्ताक्षर रहेको निर्णय र विविध जानकारी पनि छन् ।
तत्कालीन परिस्थितिमा देवकोटाको सक्रियता, नेपाली काव्य प्रतिष्ठानको भूमिका र अन्य साहित्य गतिविधि बुझ्न यी सामग्री यथेष्ट छैनन् तथापि थप अध्ययन–अनुसन्धानका लागि भने अवश्य सहयोगी हुनसक्छन् ।
अभिलेखालयका लागि यी सामग्रीका अतिरिक्त, सामग्री कहाँबाट, कहिले कसले संरक्षणका लागि प्रदान गर्यो ? सङ्कलित सामग्री सबै एशियाई लेखक सम्मेलनकै मात्र थिए वा अन्यत्रबाट पनि मिसिए, अन्य सामग्रीहरू उक्त फोल्डरभित्र कसरी समेटिए आदि जस्ता प्रश्नहरू पनि उत्तिकै महत्वपूर्ण हुने गर्छन् ।
![](/tinymce/file_manager/source/Literature/dakuments.jpg?1572161394728)
अभिलेखालयको नियम वा पद्धति भनेकै यस्ता सामग्री जहाँबाट, जसरी, जुन तरिका र ‘अर्डर’ मा आए त्यसैगरी सुरक्षित राख्नु पनि हो, जुन ‘व्यवस्थापन वा डिजिटाइज्ड’ गर्ने नाममा ‘अर्डर’ लाई भताभुङ्ग पार्ने प्रचलन भन्दा भिन्न छ । मदन पुरस्कार पुस्तकालयमा रहेका विविध सामग्रीमध्येको यो फोल्डरमाथि विस्तृत अध्ययन भने हुन बाँकी नै छ ।
हिमाल खबरपत्रिका, १०-२३ कात्तिक २०७६ बाट
![](/tinymce/file_manager/source/Literature/014.jpg?1572161601385)
![](/tinymce/file_manager/source/Literature/010.jpg?1572161573073)
![](/tinymce/file_manager/source/Literature/013.jpg?1572161517802)
![](/tinymce/file_manager/source/Literature/004.jpg?1572161474102)
![](/tinymce/file_manager/source/Literature/003.jpg?1572161205069)