थप समाचार शनिबार, साउन १७, २०७७

नक्कली आइडी बनाएर अश्लिल भिडियो पठाउने एक पक्राउ

रासस

किशोरीको नाममा नक्कली आइडी बनार अश्लील भिडियो सार्वजनिक गर्ने एक जनालाई प्रहरीको साइवर ब्यूरोले पक्राउ गरेको छ।

तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया किशोरीको नाममा नक्कली फेसबूक आइडी बनाएर भिडियो पठाउने सविनराज मिश्रलाई पक्राउ गरिएको हो। सोही ठाउँका मिश्रले तिनै किशोरीको आफन्तलाई अश्लिल भिडियो पठाउने गरेका थिए।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले अश्लील फोटो तथा सन्देश किशोरीकै दिदीलाई समेत पठाउने गरेका थिए। मिश्र यसअघि पनि विद्युतीय कारोबार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेका थिए।

पक्राउ परेका मिश्रलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए।

प्रतिकृया दिनुहोस