थप समाचार विहीबार, साउन १५, २०७७

नेवि संघको तदर्थ समितिले अझै पाएन पूर्णता

रासस

नेवि संघको तदर्थ समितिले अझै पाएन पूर्णता

नेपाली कांग्रेस विद्यार्थी संगठन नेवि संघको तदर्थ समितिले ६ महीना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन। गएको १ फागुन २०७६ मा कांग्रेसले ६ महीनाभित्र महाधिवेशन गर्नेगरी राजीव ढुङ्गानाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो।

२०७३ साउनमा सम्पन्न संघको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले १२औँ निर्वाचन गर्न नसकेपछि २०७५ माघमा राजीनामा दिएका थिए।

उनको राजिनामासँगै संघको विधानअनुसार ३२ वर्ष कम उमेरको व्यक्तिलाई अध्यक्ष बनाउने अथवा बढी उमेरकालाई बनाउने भन्ने विवाद जारी रहेको रह्यो। करिव १३ महीनापछि ३२ वर्ष बढी उमेरका ढुङ्गानाको अध्यक्षतामा नेवि संघ गठन भएको थियो।

समितिमा हाल अध्यक्ष ढुङ्गाना, उपाध्यक्ष तुलसा पन्त र मुक्ति पौडेल, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, प्रभात दाहाल, मनोज वैद्य, महेश्वरी कुँवर, बलदेव तिमिल्सेना र युवराज पाण्डे छन्।

संघका पूर्व केन्द्रीय सदस्य लीलावल्लभ दाहाल पार्टी नेतृत्व भ्रातृ संस्थाको समयमा अधिवेशन गरेर पार्टी चलायमान बनाउनुको साटो आन्तरिक झगडा र गुठगत भेलामा लागेकाले त्यसको असर नेवि संघमा परेको बताउँछन्।

प्रतिकृया दिनुहोस