कला/साहित्य शनिबार, साउन १०, २०७७

१४ तस्वीरमा ‘वर्षा र सहकाल’का देवता रातो मत्स्येन्द्रनाथको रथारोहण

माेनिका देउपाला

१४ तस्वीरमा ‘वर्षा र सहकाल’का देवता रातो मत्स्येन्द्रनाथको रथारोहण

शनिबार ‘वर्षा र सहकाल’का देवता रातो मत्स्येन्द्रनाथको रथारोहण गराइएको छ। आज नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको शुभसाइतमा मत्स्येन्द्रनाथलाई रथमा विराजमान गराइएको हो।

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने भएपनि यो वर्ष कोभिड—१९ का कारण केही समय ढिला भएको हो।

रातो मत्स्येन्द्रनाथका मुख्य पुजारी कमलराज बज्राचार्यले १२ वैशाखमा रथारोहण गर्नुपर्ने भए पनि कोरोनाका कारण यो वर्ष सम्भव नभएको बताए।

२४ असारमा साइत हेरेर रथारोहण गराउने यसअघि निर्णय भए पनि कोभिड—१९ संक्रमणको जोखिम कम नभएका कारण अनिश्चित बनेको थियो ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइत आज परेकाले आज नै रथारोहण गरिएको उनले बताए। रथारोहण गरिए पनि रथ कहिले तान्ने भन्ने निर्णय भने नभएको उनले बताए।

जात्रामा २० जनाभन्दा बढीलाई सहभागी नगराइने निर्णय भए पनि उल्लेख्य सहभागिता रहेको थियो । पाटनको तः बहामा रहेको सत्तलमा राखिएको रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा विराजमान गराइएको हो।

तस्वीरहरू:

प्रतिकृया दिनुहोस