हराउँदैछ नाग–चित्रकला (फाेटाे/भिडियो)
![हराउँदैछ नाग–चित्रकला (फाेटाे/भिडियो)](https://www.himalkhabar.com/uploads/posts/800X600/nag_1597609540_1597609898.jpg)
आज १० साउन, नागपञ्चमी। हिन्दू धर्मावलम्बीले यो दिन नागको पूजा गरी मूलढोका माथि नागको चित्र टाँस्ने प्रचलन छ।
भक्तपुरकी ६५ वर्षीया चेतकुमारी चित्रकार अहिले यही नागको चित्र बनाइरहेकी छन्। नागका चित्रका विभिन्न ब्लकलाई कागजमा उतारी उनी रङ भर्छिन्। चेतकुमारीलाई यसरी एउटा चित्र तयार गर्न १५ मिनेटजति लाग्छ।
भिडियाे हेर्नुहाेस:
हातैले बनाएका नागका चित्र अहिले दुर्लभ बन्न थालेको छ। किनभने, अहिले बजारमा छापिएका र सस्ता नागका चित्र सजिलैसँग उपलब्ध हुन थालेका छन्।
नागबाहेक चेतकुमारी गाईजात्रा, दशैं, तिहारजस्ता चाडमा पुजिने विभिन्न भगवानका चित्र पनि बनाउँछिन्। हरेकपटक चित्र कोरिरहँदा आफ्नो हृदयमा भगवानले बास गरिरहेको आभास हुने उनी बताउँछिन्। “भगवानका चित्र बनाउँदा मन हल्का हुन्छ, आफू पवित्र भएको जस्तो लाग्छ”, उनी भन्छिन्।
चेतकुमारीले चित्रकला सासू–ससुराबाट सिकिन्। तर, आफूपछिका पुस्ता यस्ता चित्रकलाप्रति विमुख हुँदै गएकोमा उनलाई चिन्ता लाग्न थालेको छ।
काठमाडौंको वसन्तपुरमा आफैंले बनाएका भगवानका चित्रकला बेच्दै अष्टबहादुर चित्रकार (७५)।
![](/uploads/shares/Photo Story Archive/Nag Panchami-Monika/3I1A7505.jpg)
![](/uploads/shares/Photo Story Archive/Nag Panchami-Monika/3I1A7507.jpg)
![](/uploads/shares/Photo Story Archive/Nag Panchami-Monika/_39A7655.jpg)
![](/uploads/shares/Photo Story Archive/Nag Panchami-Monika/3I1A7515.jpg)
![](/uploads/shares/Photo Story Archive/Nag Panchami-Monika/3I1A7540.jpg)
![](/uploads/shares/Photo Story Archive/Nag Panchami-Monika/3I1A7545.jpg)
![](/uploads/shares/Photo Story Archive/Nag Panchami-Monika/3I1A7558.jpg)
![](/uploads/shares/Photo Story Archive/Nag Panchami-Monika/3I1A7587.jpg)
![](/uploads/shares/Photo Story Archive/Nag Panchami-Monika/_39A7715.jpg)
![](/uploads/shares/Photo Story Archive/Nag Panchami-Monika/_39A7434.jpg)
![](/uploads/shares/Photo Story Archive/Nag Panchami-Monika/3I1A7590.jpg)