थप समाचारसोमबार, ४ चैत्र , २०७५

अस्ट्रेलियामा धार्मिक संस्थाको सुरक्षाका लागि बजेट

रासस

अष्ट्रेलियाली प्रधानमन्त्री कट मोसिनले धार्मिक सम्प्रदायका कार्यक्रमलाई सुरक्षित बनाउन भन्दै देशमा थप सुरक्षा व्यवस्थाको घोषणा गरेका छन् ।

अस्ट्रेलियाली प्रधानमन्त्री कट मोहसिन । तस्वीर : गुगल डटकम

उनले सो प्रयोजनका लागि सोमबार करिब ३ करोड ९० लाख अमेरिकी डलर बराबरको सुरक्षा खर्चको घोषणा गरेको जनाइएको छ ।

न्यूजिल्याण्डको एक चर्चमा हालैमात्र भएको भीषण आतङ्ककारी हमलापछि अष्ट्रेलियाले विभिन्न धार्मिक सम्प्रदायका क्रियाकलापलाई सुरक्षित बनाउने उद्देश्यले सो कार्यक्रमको घोषणा गरेको जनाइएको छ ।

सोमबार अष्ट्रेलिया इजरायल चेम्बर अफ कमर्सको कार्यक्रमलाई सम्बोधन गर्दै अष्ट्रेलियाली प्रधानमन्त्री मोसिनले सो विषयमा जानकारी दिएका हुन् ।
अष्ट्रेलियाली प्रधानमन्त्री मोसिनले सम्बोधनमा भनेका छन्– यहाँका धार्मिक विद्यालय, धार्मिक प्रार्थनालय धर्म सभाहलमा सुक्षाका लागि यो अलग्गै बजेटको व्यवस्था गएिको हो ।

यो रकम यहाँका विभिन्न धार्मिक समूहलाई आफ्नो सुरक्षाको मापदण्ड अपनाउनका लागि प्रदान गरिने जानकारी गराए । यसले आतङ्ककारी क्रियाकलाप रोक्न त्यसका विरुद्धमा एकताबद्ध हुन सहयोग पुग्ने पनि उनले बताए ।

यो रकमबाट ती क्षेत्रमा खतराको सूचक घण्टी (साइन) को व्यवस्था गर्ने, सिसी क्यामेरा राख्ने, सुक्षाकर्मीको व्यवस्था गर्ने सुक्षाका अन्य मापदण्ड अपनाउने प्रयोजनका कार्य गरिने बताइएको छ ।

सरकारको पहिलो उद्देश्य अष्ट्रेलियाली नागरिकलाई सुरक्षित राख्नु हो भन्दै यसबाट उनीहरूको सुक्षाका लागि सहयोग पुग्ने धारणा अष्ट्रेलियाली प्रधानमन्त्री मोसिनले राखेका छन् ।

गत शुक्रबार मात्र न्यूजिल्याण्डमा भएको सो आतङ्ककारी हमलाबाट ५० जना मानिसको ज्यान गएको थियो । उनीहरू चर्चमा प्रार्थनाका लागि जम्मा भएका नागरिक थिए ।

आक्रमणमा थप ५० जना घाइते भएका थिए । सो आक्रमणपछि न्यूजिल्याण्डमा पनि चर्च लगायत विभिन्न धार्मिक समूहको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री मोसिनले उक्त आक्रमणलाई अतिवादीहरूको घृणित कार्य भनी प्रतिक्रिया दिएका छन् ।
नागरिकले आफ्ना विचारको अभिव्यक्ति मतदानबाट या शान्तिपूर्ण भनाइबाट राख्नसक्ने अवस्था हुँदाहुँदै यस्ता आतङ्ककारी हमला गरी नागरिकको ज्यान लिनु जघन्य अपराध भएको प्रतिक्रिया उनले दिएका छन् ।

न्यूजिल्याण्डको आक्रमणमा संलग्नको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस