टिप्पणी बुधबार, जेठ ७, २०७७

के हिम्मत छ हाम्रा नयाँ पुस्ताका नेतासँग ?

हिमालखबर

के हिम्मत छ हाम्रा नयाँ पुस्ताका नेतासँग ?

अहिले कुनै पनि ठूला राजनीतिक दलका बूढा वा वरिष्ठ नेताहरु प्रधानमन्त्री वा अध्यक्षको म्युजिकल चेयर बजाइरहेका छन् । कसैले पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने सोच बनाएका छैनन् । कुनै पनि नेतासँग अवकास योजना छैन । अचम्मको कुरा त के भने अर्को पुस्ताका नेताहरुले पनि अवकासबारे सोध्ने आँट गरेका छैनन् ।

अस्ट्रियाका चान्सलर सेवास्टियन कुर्ज, फिनल्यान्डका वर्तमान प्रधानमन्त्री सन्ना मरिन, एल साल्भाडोरका वर्तमान राष्ट्रपति नयिब अर्मान्डो बुकेले, न्युजिल्याण्डकी वर्तमान प्रधानमन्त्री जसिन्दा अर्डेन र कतारका आमिर तमिम बिन हमाद अल थानी आदि ४० वर्षभन्दा कम उमेरका युवा नेता हुन्, जसले आफ्नो मुलुक हाँकिरहेका छन् ।

रुजवेल्ट, केनेडी, क्लिन्टन, ओबामा, पुटिन, कैमरुन, ब्लेयर र अन्य धेरै आफू ४० वर्ष हाराहारीको हुँदा राष्ट्रपति वा प्रधानमन्त्री बनिसकेका थिए । त्यसैगरी ली क्वान यू ३६ वर्षमा सिंगापुरको प्रधानमन्त्री र पार्क चुङ हे ४६ वर्षको उमेरमा रिपब्लिक कोरियाका राष्ट्रपति बनेका थिए । यी दुवै त्यहाँ राष्ट्रपिताका रुपमा सम्मानित छन् ।

उल्लिखित नेताहरुमा भेटिएको समान गुण के हो भने उनीहरुले युवावस्था मै राजनीति सुरु गरे र राज्य प्रमुख बन्न सफल भए ।

राजतन्त्र हटाइए पनि नेतृत्व हस्तान्तरणले सामन्ति प्रथालाई पछ्याइरहेको छ । एक  समयका महान नेताले नेतृत्व आफ्नो परिवारका उत्तराधिकारीलाई हस्तान्तरण गरिरहेका छन् र कतिसम्म भने वंशबाहेकको अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कुनै संयन्त्र छैन । मेरो विचारमा त्यहाँ महत्वपूर्ण दुई मुद्दा छन् । पहिलोऽ वरिष्ठ नेताहरुमा अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने चाहना नै छैन ।

यो वरिष्ठ नेताहरुको मानसिकताको कारणले भएको हो । उनीहरुमा कम्तिमा एक पटक त प्रधानमन्त्री बन्नैपर्छ भन्ने छ । अहिले कुनै पनि ठूला राजनीतिक दलका बूढा नेताहरु (वा वरिष्ठ नेताहरु) प्रधानमन्त्री वा अध्यक्षको संगीतमय कुर्सी (म्युजिकल चेयर) बजाइरहेका छन् । कसैले पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने सोच बनाएका छैनन् । चाहे त्यो पार्टीको राजनीतिमा होस् वा सरकारमा । यी कुनै पनि नेतासँग अवकास योजना छैन ।

दोस्रो,  अचम्मको कुरा त के भने अर्को पुस्ताका नेताहरुले पनि अवकासबारे सोध्ने आँट गरेका छैनन् । कस्तो देखिन्छ भने न उनीहरुसँग हिम्मत छ न त माग्न सक्ने आत्मविश्वास नै । उनीहरु आफ्नो समूहको नेता (एक वरिष्ठ नेता– गुटको नेता) प्रति वफादार कार्यकर्ताका रुपमा प्रशन्न छन् र तिनैको प्रचार र उपकार गर्न उनीहरुबाट आशीर्वाद प्राप्त हुने प्रतीक्षा गरिरहेका छन् । या त उनीहरुलाई आफ्नो शक्ति थाहा छैन वा उनीहरु वरिष्ठ नेताहरुद्वारा यति वशीभूत छन् कि एउटा गहिरो इनारभित्र फसेको भ्यागुतो जस्तै भएका छन् ।

लोडसेडिङ घटाउनु, बन्द उद्योगहरु फेरि सञ्चालन गर्नु, स्वास्थ्य बिमा नीति ल्याउनु, जलविद्युत् शक्ति उत्पादन गर्नु वा बढाउनु र नेपालको परराष्ट्रसम्बन्ध सुधार गर्नेहरु चुस्त, बहुमुखी, सक्रिय र नवीन नेता हुन्।

हामी हाम्रो देशका केही चामत्कारिक नेताहरुलाई हेरौं । मुख्य राजनीतिक दलहरुमा नयाँ पुस्ताका केही होनहार नेता छन् । जब उनीहरुसँग समूह (पोर्टफोलियो) को नेतृत्व गर्ने र आफ्ना निर्वाचन क्षेत्रका समूहहरुलाई मिलाउने अवसर थियो त्यसवेला उनीहरुले नेतृत्व कौशल प्रदर्शन गरेका थिए । लोडसेडिङ घटाउनु, बन्द उद्योगहरु फेरि सञ्चालन गर्नु, स्वास्थ्य बिमा नीति ल्याउनु, जलविद्युत् शक्ति उत्पादन गर्नु वा बढाउनु र नेपालको परराष्ट्रसम्बन्ध सुधार गर्नु यसका उदाहरण हुन् । तिनीहरु चुस्त, बहुमुखी, सक्रिय र नवीन छन् ।

म शतप्रतिशत के मा ढुक्क छु भने यदि तिनीहरुले देशको नेतृत्व गर्न पाए भने नागरिकले अपेक्षा गरेका परिवर्तनहरु देख्न पाउने छन्। केही अवरोधहरु पनि देख्छु । आगामी पुस्ताका नेताले आफ्ना बुढा नेताहरु विरुद्ध आवाज उठाउने हिम्मत गर्दैनन्, न त उनीहरु सोध्न वा नेतृत्व हत्याउने खालको संघर्ष नै गरिरहेका छन् । यसका दुई कारण छन् ।

पहिलो त, नयाँ पुस्ताका नेताहरु एक जुट हुँदैनन्, आपसमा अविश्वास छ र विभाजन पनि यति उच्च तहमा छ कि  त्यसैलाई वरिष्ठ नेताहरुले आफ्नो फाइदाका लागि उपयोग गरिरहेका छन् ।

अर्को, वरिष्ठ नेताहरुले नयाँपुस्ताका नेताहरुलाई यति नराम्रो तरिकाले वशमा पारेका छन् कि उनीहरु वरिष्ठ नेताको आशीर्वाद विना माथि (नेतृत्व तहमा) उक्लिनै सकिँदैन भन्ने विश्वास गर्छन् ।

यही मानसिकताका साथ उनीहरुमध्ये कति आफ्ना ‘गुटको नेता’का आदेशहरु पालना गरिरहेका छन् । त्यो पनि एक दिन उनीहरुका वरिष्ठ नेताले आफूलाई एउटा पदसहितको आशीर्वाद दिनेछन्, पार्टी राजनीति वा सरकारमा सामेल गराउनेछन् भन्ने आशमा ।

कसैले उल्लेख गरेको यो भनाइ ठीकै हो जस्तो लाग्छ “नेपालीहरु आज्ञापालक सैनिकका रुपमा परिचित छन् र यो हाम्रो नयाँ पुस्ताका नेतामा पनि लागू हुन्छ ।” आशीर्वाद पाउने आशामा उनीहरुका वरिष्ठ नेताले प्रयोग गरेकोमा उनीहरु दङ्ग परेका छन् । जसले त्यस्तो अवसर पाउँदैनन्, तिनीहरुले नेताविरुद्धमा अभियान सुरु गर्छन् । धेरै पटक ती असन्तुष्ट नेताहरु वरिष्ठ नेताले  फ्याँकेको केकको टुक्रामा सजिलै भुलिन्छन् र अचानक उनीहरुको स्वर परिवर्तन हुन थाल्छ ।

यद्यपि परिदृश्य त्यति निराशावादी छैन किनभने देशमा अझै केही नेताहरु छन्, जसले राजनीतिक विचारधारा र अघिल्लो पुस्ताका नेताहरुले गरेको गलत काम विरुद्ध बोल्ने हिम्मत राख्छन् ।

तिनीहरु मध्ये धेरैले पार्टीका छलफलहरुमा आफ्ना विचार र धारणाहरु नियमित तवरले राखिरहेका छन् तर उनीहरुसँग वरिष्ठ नेताहरुलाई घचघच्याउन सक्ने शक्ति भने देखिएको छैन । उनीहरुसँग शक्ति भए पनि आफ्नै समूहका सदस्यहरुबीच अविश्वास छ । सबैलाई वरिष्ठ नेताले कसैको काखमा केही फ्याँकिदिए भने जोसुकैले आफ्नो विचारधारा र समूह छाडिदिन्छ भन्ने लाग्छ । वरिष्ठ नेताहरुले ‘टुक्र्याउ र शासन गर’ वाला षडयन्त्र मार्फत यथेष्ट फाइदा उठाइरहेका छन् ।

एक फिर्को केक पाउने लोभमा सदस्यहरुले गुट परिवर्तन गर्ने गरैकै कारणले राजनीतिक दलहरु टुक्रिन्छन् । उनीहरुले आफू पूरै केक प्रबन्ध गर्न सक्षम छु भन्ने नै थाहा पाएका छैनन् ।

नेतृत्व मार्गदर्शकका कारणले आउँछ। के हाम्रो नेतृत्वले आगामी पुस्तालाई मार्गदर्शन गर्छन्? म मेरा वरिष्ठ ग्यास्ट्रोएन्टेरोलोजिस्टलाई प्रायः भनिरहन्थेँ “कुनै पनि वरिष्ठ डाक्टरले आफ्नो कैरियरमा आफूजस्तै उत्कृष्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट हुन सक्ने ८ जना डाक्टरहरुलाई मार्गदर्शन गर्नु आवश्यक छ ।”

मागदर्शन गर्न धेरै समय लाग्छ र यदि एकजना मार्गदर्शकले कम्तिमा एक जनालाई प्रत्येक ५ वर्षमा मार्गदर्शन गरे भने ४० वर्षको कैरियर (अवधि)मा एकजनाले ८ जनालाई मार्गदर्शन गर्न सक्छन् र २० प्रतिशतले मात्रै पनि त्यसो गरे भने पर्याप्त हुनेछ । उदीयमान नेतृत्वले छिटो र अनिश्चित भविष्यको सामना गरिरहेका छन् । दुवैका लागि वरिष्ठ नेताले सत्ता सुम्पन र स्मार्ट महात्वाकांक्षी युवा नेताले त्यसलाई स्वीकार गर्ने कदम उठाउन विचार गर्नैपर्ने केही कुराहरु छन् ।

म पाका वरिष्ठ नेताहरुको विपक्षमा छैन, तर मेरो चिन्ता के मात्रै हो भने उनीहरुले देश र जनताको लागि खासै केही गरिरहेका छैनन्।

म पाका वरिष्ठ नेताहरुको विपक्षमा छैन, तर मेरो चिन्ता के मात्रै हो भने उनीहरुले देश र जनताको लागि खासै केही गरिरहेका छैनन्। केही नेताहरुले नेपालमा सयौं वर्ष पुरानो राजतन्त्र हटाउनेदेखि संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनेसम्मको ठूलो परिवर्तन गरे। यसले राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरका नेताहरुलाई मार्गदर्शन गर्ने अवसर सिर्जना गरेको छ।

केही वर्ष अघिसम्म कसैले पनि कुनै साधारण व्यक्ति राजतन्त्रको आशीर्वाद विना राज्यको प्रमुख वा स्थानीय सरकारको प्रमुख बन्न सक्छ भन्ने कल्पना गरेका थिएनन् । अब जो कोही पनि राष्ट्रपति बन्न सक्छन्, तर वरिष्ठ नेताहरुले पार्टी नेतृत्व हस्तान्तरण गर्ने बारेमा कुनै संकेतसम्म गरेका छैनन्, नयाँ पुस्ताले पनि नेतृत्व स्वीकार गर्ने बारेमा बोलेका छैनन् । अहिले ठूला राजनीतिक दलहरुले पनि नेतृत्व आपसमा घुमाइरहनुको कुनै विकल्प नभएजस्तै गरिरहेका छन् ।

अहिले पार्टीको अध्यक्ष वा सभापति परिवर्तन गर्न होस् अथवा प्रधानमन्त्री तथा राष्ट्रपति परिवर्तन गर्न नै किन नहोस् प्रस्तावित नामहरु सबै पुरानै अनुहारहरु हुन् । अझै पनि नयाँ पुस्ता उनीहरुका नेताहरुको आदेश पालना गर्न र तिनका लागि गरिएको लबी अनुशरण गर्न खुसी मान्छन् । संसदीय प्रणालीका कारण सर्वसाधारण नागरिकले राजनीति गर्न सजिलो छैन किनभने अहिले पनि धेरै राजनीतिकर्मीका लगानी गरेजस्तै भएको छ । उनीहरुलाई अझै आफ्नो उमेर र नेतृत्वक्षमता नभए पनि मन्त्री वा प्रधानमन्त्री बन्ने धोको छ ।

म दश वर्ष जेल बसेको थिएँ, मैले आफ्ना २० वर्ष विद्यार्थी र राष्ट्रिय राजनीतिमा बिताएको थिएँ, वास्तवमा वर्तमान अभ्यासहरुले पनि यी योग्यताहरु समूह (पोर्टफोलियो) र देशको नेतृत्व गर्न पर्याप्त हुनेछन् भन्ने देखाउँछ । परिस्थितिहरु परिवर्तन गर्न आवश्यक छ किनभने उपयुक्त व्यक्ति उपयुक्त समयमा सही ठाउँमा हुनुपर्छ, जसरी विगतमा त्यहाँ कोही कोही मात्र थिए ।

त्यसकारण नयाँ पुस्ताका सबै नेता जो राजनीति गरिरहेका छन्, वा गर्न चाहन्छन्, तिनले केही चरित्रहरुको अभ्यास गर्नैपर्छ र तिनलाई चिरेर जान सक्नुपर्छ । पहिलो कुरा कसैबाट आफू प्रशिक्षित हुने कार्य रोकेर मार्गदर्शन प्राप्त गर्न मात्र खोज्नुपर्छ ।

मार्गदर्शन नेताहरुको विकासमा केन्द्रित हुन्छ र यसमा ज्ञान र कौशल बाहेक प्रवृत्ति र दृष्टिकोण समावेश भएको हुन्छ । वरिष्ठ नेताहरुका पुरानो दृष्टिकोण र विचारधारा गलत छन् भन्ने साहस पनि आवश्यक हुन्छ ।

यो एकै दिनमा विकसित हुन सक्दैन । धेरै सिक्नु र अभ्यास गर्नु आवश्यक हुन्छ । एउटा समूह बनाउ र रचनात्मक आलोचनाहरु स्वीकार गर, अरुबाट सिक, नयाँ तरिकाहरु जुन स्थानीय प्रतिस्पर्धाहरुमा पनि लागू हुनसक्छन्, ती अपनाउ र सुधार गर ।

मानवीयता र सेवाभाव नेताका चीरस्थायी विशेषता हुन् । हरेक नेताका क्रियाकलाप नागरिकले विचार गरिरहेका हुन्छन् भन्ने नबिर्स । नागरिकले साहसी नेतृत्व खोजिरहेका हुन्छन् । वरिष्ठ नेताहरुले पचाउन र स्वीकार गर्न गाह्रो भए पनि नागरिकको हितमा छ भने एउटा अडान लिएर निर्णय गर।

नयाँ पुस्ताका सबै नेताहरुले सार्वजनिक आवश्यकता र हितप्रति उत्तरदायी हुनुपर्छ । एउटा स्पष्ट लक्ष्य सञ्चार गर्दै नागरिकप्रति इमानदार हुनुपर्छ । नेताले पक्ष वा विपक्षका सबै सरोकारवालाहरुलाई अल्झाइराख्न सक्नुपर्छ । उनीहरुले कम्तिमा तीन पुस्तासम्म आफ्ना विचार सञ्चार गर्न सक्नुपर्छ ।

नयाँ पुस्ताका सबै नेताहरुले सार्वजनिक आवश्यकता र हितप्रति उत्तरदायी हुनुपर्छ । एउटा स्पष्ट लक्ष्य सञ्चार गर्दै नागरिकप्रति इमानदार हुनुपर्छ । नेताले पक्ष वा विपक्षका सबै सरोकारवालाहरुलाई अल्झाइराख्न सक्नुपर्छ । उनीहरुले कम्तिमा तीन पुस्तासम्म आफ्ना विचार सञ्चार गर्न सक्नुपर्छ । स्कूल तथा कलेजहरु, कार्यालयहरु र समकालीन समुदायहरु, समाज र विपक्षीहरु सामु जानुपर्छ । त्यसैगरी वृद्धाश्रमहरु, अवकाश लिएर बसेका (निवृत्त) समुदायहरुलाई भेट्नु पर्छ । त्यसोगर्दा प्रत्येक पुस्ताले समस्यालाई कसरी हेरिरहेका छन् थाहा हुन्छ र यसले एउटा सामथ्र्य दिन्छ।

नयाँ पुस्ताका कुनै पनि होनहार नेताहरुले आफ्नै समूह वा संगठन र वरिष्ठ नेताहरुबाटै मुख्य चुनौती बेहोर्नुपर्छ । त्यसैले वैयक्तिक व्यवहार र चरित्रहरु नियमित रुपले परीक्षण गरिरहनु पर्छ । मानिसका अव्यक्त (नन भर्वल)  व्यवहारहरु नियाल्दै अरुको प्रेरणा र आशय सहजतासाथ बुझ्न सचेत रहनुपर्छ । निरन्तर संवाद गर्ने, अरुसँग सम्बन्ध स्थापित गर्ने, आफ्नो समूह र विचारधाराभन्दा बाहिर पनि सञ्जाल विस्तार गर्ने, पारदर्शी र इमानदार हुने, नागरिकसामु खुला ढंगले प्रस्तुत हुने र अन्ततः एउटा अलग्गै छवि निर्माण गर्ने कार्य नै कुनै पनि नेतृत्वको सफलताको चाभी हो ।

केहीमा यी विशेषता भए पनि धेरै होनहार नेताहरुले मानिसहरुलाई झूठ,  बेइमानी, धुर्त्याइँ गरेका छन् । त्यस्तै गुण्डाहरु र व्यापारिक घरानाहरुसँग भ्रष्टाचारजन्य सम्बन्ध स्थापित गरेर निराश बनाएका छन् ।

हाम्रो जस्तो देश र धेरैजसो उदीयमान नेताहरुले भविष्यमा रोलर कोस्टर चढ्न जान्नुपर्छ । वरिष्ठ नेताहरुले सत्ता हस्तान्तरण गर्ने र चलाख एवं महत्वाकांक्षी युवा नेताहरुले त्यसलाई स्वीकार्ने उद्देश्यले चालेका कदम र माथि उल्लेख गरिएका महत्वपूर्ण बुँदाहरुलाई एउटा मूल्य मान्यता स्थापित गर्न अथवा राष्ट्र निर्माणका लागि आवश्यक ठानेर मनन गर्नुपर्छ ।

(हाल जेनेभामा बसोवास गरिरहेका डा. कँडेल महामारी रोग विशेषज्ञ र मानवशास्त्री हुन् ।)

प्रतिकृया दिनुहोस