थप समाचार बुधबार, फागुन २२, २०७५

कास्कीमा पाँच थान हतियारसहित चारजना पक्राउ

युवराज श्रेष्ठ

कास्कीको रुपा गाउँपालिकामा ७ तालवेसी र सौर्यवासमा लुकाइराखेका पाँच थान हतियारसहित चारजना व्यक्ति पक्राउ परेका छन् ।

तस्वीर : युवराज श्रेष्ठ 

पक्राउ पर्नेमा कास्कीको रुपा ७ घर भई अहिले पोखरा ३० शिशुवा बस्ने ५५ बर्षिय नारायणबहादुर गुरुङ, रुपा ७ तालवेशी बस्ने ४८ बर्षिय दिलबहादुर गुरुङ, रुपा ७ तिलखोरियाका ४५ बर्षिय सुरेश गुरुङ र सोही स्थानका ५४ बर्षिय मनबहादुर थापा मगर रहेका छन् ।

प्रहरीले नारायाणको साथबाट लेन्स सहितको २२ बोर राइफल, दिलबहादुरको साथबाट एउटा सर्ट गन, सुरेशको साथमा २ थान भरुवा बन्दुक र मनबहादुरको साथबाट  एउटा भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरिक्षक गणेश सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार २ वटा भरुवा बन्दुकको म्याद सकिएको लाइसेन्स भेटिएपनि अन्य हतियारको भने भेटिएको छैन । उनीहरुले उक्त बन्दुक जंगली पशुपंक्षी मार्न प्रयोग गर्ने गरेको आशंका प्रहरीको छ ।

२० फागुनमा हतियार सहित पक्राउ गरेर उनीहरुलाई अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस