थप समाचार बुधबार, फागुन २२, २०७५

अतिरिक्त शुल्क नलिन मेडिकल कलेजलाई केयूकाे निर्देशन

रामु सापकोटा

काठमाडौं विश्वविद्यालय (केयू) ले विद्यार्थीबाट अतिरिक्त रकम नलिन मातहतका मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ । 

शिक्षा मन्त्रालयबाट छात्रबृत्ति पाएर एमबीबीएस र बीडीएस तहमा अध्ययन गरिरहेका विद्यार्थीबाट कलेजहरुले अतिरिक्त शुल्क असुलेको समाचार सार्वजनिक भएपछि केयू, स्कूल अफ मेडिकल साइन्सेजले अतिरिक्त रकम नलिन निर्देशन दिएको हो । 

केयूका एशोसिएट डीन डा. दिपक श्रेष्ठले २८ फागुनमा १० मेडिकल कलेजलाई पत्राचार गरि विश्वविद्यालय दर्ता बापत १५ हजार, काउन्सिल दर्ता बापत तीन हजार, विश्वविद्यालय परिक्षा शुल्क बापत १० हजार र आन्तरिक शुल्क १० हजार मात्र लिन निर्देशन दिएका छन् । 

केयूले उक्त रकम एक पटक मात्र लिन पाइने बताएको छ ।

यस्तै, विद्यार्थीलाई अनिवार्य होस्टलमा बस्नुपर्ने व्यवस्था नगर्न पनि कलेजहरुलाई निर्देशन दिइएको छ ।

कलेजहरुले होस्टल शुल्कका नाममा चर्को रकम असुलेको समाचार आएपछि केयूले न्यूनतम होस्टल शुल्क तोक्न भनेको छ ।

पढ्नुहाेस् हिमालखबरमा प्रकाशित मेडिकल कलेजले गरेकाे ठगीका समाचार 

रोकिएन विद्यार्थीमाथि शोषण

छात्रवृत्तिमाथि शुल्कको ठगी

 

प्रतिकृया दिनुहोस