सुर्खेतमा सोमबार रातिदेखि हराएका प्रहरी मृत भेटिए
पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृत फेला परेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार, सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहीन थिए।
प्रहरी जवान खड्का सुर्खेतकै रानीवास निवासी हुन्।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार पन्तले आज बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दूरीमा फेला परेको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका लागि आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ।