तस्बीर बुधबार, वैशाख २४, २०७७

'मिनी चिडियाखाना' मा चितुवादेखि सर्पसम्म (तस्वीरहरू)

मुकेश पोखरेल

'मिनी चिडियाखाना' मा चितुवादेखि सर्पसम्म (तस्वीरहरू)
अष्ट्रिच । तस्वीरहरु : मुकेश पोखरेल

वन्यजन्तु र चराचुरुङ्गी अवलोकन गर्न मुलुकको एकमात्र चिडियाखाना ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना हो।

पछिल्ला वर्षहरूमा काठमाडौं बाहिर पनि विभिन्न स्थानमा समुदाय तथा स्थानीय सरकारहरूले ‘मिनी चिडियाखाना’ को विकास गरेका छन्। जसबाट आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगिरहेको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले पनि वन्यजन्तु उद्दार केन्द्र सञ्चालन गर्दै आएको छ। यस केन्द्रमा विभिन्न ठाउँबाट उद्धार गरी ल्याइएका चितुवा, नीलगाई, दुम्सी, सारस, उँट लगायतका वन्यजन्तु छन्।

विगतमा सामान्य अवस्थामा आन्तरिक पर्यटकको भीड लाग्ने यो केन्द्र बन्दाबन्दीको कारण अहिले सुनसान छ। यसै कारण पहिले मानिसको भीडभाड र कोलाहलले शान्तसँग बस्न नपाउने वन्यजन्तुहरूले यतिवेला राहत महसुस गर्न पाएका छन्।

सारस ।
चितुवा ।
नीलगाई ।
उँट ।
दुम्सी ।
अजिङ्गर ।

प्रतिकृया दिनुहोस