कोभिड-१९ मंगलबार, वैशाख २३, २०७७

अभूतपूर्व उपत्यका (तस्वीर)

बिक्रम राई

अभूतपूर्व उपत्यका (तस्वीर)
बादल र हिमालको लुकामारीः २२ बैशाखमा चुनीखेल, ललितपुरबाट देखिएको दृष्य । तस्वीर: बिक्रम राई

एक त बन्दाबन्दी त्यसमाथि दिनहुँजसो वर्षा । यतिबेला काठमाडौं उपत्यका वास्तवमै हेर्नलायक शहर बनेको छ ।

बन्दाबन्दीले सवारी साधन, उद्योगधन्दा र प्रदुषणका अन्य स्रोत न्यून हुँदा वायुमण्डलमा मनग्गे सूधार भएको छ । धुलाम्य सडक सफा गरिए झैं सिनित्त देखिएका छन् ।

धुवाधुलोका कमीका कारण पहिले टाढा र धुमिल देखिने वरिपरिका पहाँड छर्लङ देखिएका छन् । पहाडपर्तिरका हिमालमा परेको सूर्यको प्रकाश र परावर्तित सुनौलो दृश्यले धेरैको मन हरेको छ ।

वास्तवमा आजको काठमाडौं पछिल्लो दशकहरुमा शहरवासी बन्न आएकाहरुका लागि अविश्वसनीय देखिएको छ । अभूतपूर्व देखिएको छ ।

कोरोनाभाइरसको महामारीका कारण ११ चैतदेखि बन्दाबन्दी सहिरहेका उपत्यकावासीलाई यो प्राकृतिक सुन्दरताले थोरै भए पनि राहत दिइरहेको साथै तनाव व्यवस्थापनमा सघाउ पुर्‍याइरहेको हुनुपर्छ ।

राजधानी शहर, हिमालको लस्करः २२ वैशाखमा मच्छेगाउँ, कीर्तिपुरमा फुटबल खेल्दै बालबालिका । 

हिमाल चियाउँदैः २२ बैशाखमा मच्छेगाउँ, कीर्तिपुरबाट देखिएको दोर्जेल्हाक्पा ।

२२ बैशाखमा मच्छेगाउँ, कीर्तिपुरबाट देखिएको शहर, हिमाल र बादल ।

गोधुलीमा नुहाएको राजधानीः सुर्यास्तको बेला २२ वैशाखमा मच्छेगाउँ, कीर्तिपुरबाट देखिएको, काठमाडाैं ।

 

 

प्रतिकृया दिनुहोस