टिप्पणी आइतबार, वैशाख ७, २०७७

कोरोना संकटपछि कसरी महाशक्ति राष्ट्र बन्दैछ चीन ?

विष्णु रिजाल

कोरोना संकटपछि कसरी महाशक्ति राष्ट्र  बन्दैछ चीन ?
स्केच: भानु भट्टराई

विश्वलाई नै थिलथिलो पारेको कोरोना महामारीले नयाँ ‘वर्ल्ड अर्डर’ तय गर्दै चीनलाई महाशक्ति राष्ट्र बन्ने स्थितिमा मात्र पुर्‍याउँदै छैन, उसको सफलताले शासन प्रणालीका स्वरूप र प्रभावकारिताका बारेमा पनि नयाँ बहस शुरू गरेको छ।

विष्णु रिजाल

भनिन्छ, इतिहास जित्नेहरुका पक्षमा लेखिन्छ। नयाँ कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको युद्धमा पनि त्यही हुनेछ। र, हालसम्मको स्थिति हेर्दा त्यस्तो इतिहास चीनका पक्षमा लेखिनेछ। रोग उत्पत्ति भएर महामारीको रूप लिंदै यतिवेला संसार नै प्रभावित भएको छ। यसका प्रभावहरुका बारेमा मन्थन हुनु अन्यथा होइन। यो महामारीका कारण जनधनको क्षति भइरहँदा कति रहलान्–नरहलान्। तर, विश्व रहनेछ, मानव जाति रहनेछ र देशहरू रहनेछन्। र, तिनका स्वार्थका टकराव र दाउपेच पनि रहिरहनेछन्, अझ नयाँ रूपमा संगठित हुनेछन्।

महामारी विरुद्धको युद्धले हालसम्म विश्वमा महाशक्ति राष्ट्रका रूपमा अगाडि रहेकाहरू पछिल्ला सिटमा आएर बस्नुपर्ने र पछिल्लो सिटमा रहेका अगाडि जाने संकेतहरु देखिइसकेका छन्।

महामारी विरुद्धको युद्धले हालसम्म विश्वमा महाशक्ति राष्ट्रका रूपमा अगाडि रहेकाहरू पछिल्ला सिटमा आएर बस्नुपर्ने र पछिल्लो सिटमा रहेका अगाडि जाने संकेतहरु देखिइसकेका छन्। आफैंले निर्माण गरेका लाशहरू गनेर शक्तिको आकलन गर्ने पुरानो अभ्यास नयाँ रुपमा पुनरावृत्त हुनु सुखद नभए पनि त्यसले विश्वको शक्ति सन्तुलन, शक्तिको परिभाषा, राज्यका सीमा र तिनका पुनर्परिभाषाका लागि खुला बहस आमन्त्रण गरेको छ।

महामारीको कुनै भूगोल हुँदैन, जाति र भाषा हुँदैन। आज मानिसहरु नजोडिएको कुनै ठाउँ नभएकाले प्रकोपको विस्तार सहजै हुन्छ। सम्भवतः नेपाल वा यस्तै अरुलाई कम प्रभाव पर्ने मुलुकमा यो कोरोनाभाइरस उत्पत्ति भएको भए शायद यति फैलिने थिएन। तर, विश्वको सबभन्दा ठूलो जनसंख्या र व्यापार भएको चीनसँग नजोडिएको आज कुनै मुलुक नभएका कारण होला, विश्वभर नै यो रोग फैलिएको छ।

महामारी शुरू भएको चीनले यसलाई नियन्त्रण गरिसक्दा युरोप, अमेरिका, खाडी क्षेत्र र एशियामा यसको विस्तार रोकिएको छैन। चीनले ४ हजार ६ सय जनाको क्षतिमा यस रोगलाई रोक्न सक्दा त्यसभन्दा धेरै पछि शुरु भएको अमेरिकामा ज्यान गुमाउनेहरुको संख्याले ३९ हजार नाघिसकेको छ। इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी जस्ता विकसित मुलुकहरुमा महामारीका कारण जुन हृदयविदारक दृश्य देखिएको छ, यसले रोग र यसको प्रकृतिबारे मात्र होइन, महामारीसँग लड्ने राज्य र यसको प्रकृतिका बारेमा शान्त दिमागले सोच्नुपर्ने अवस्था सिर्जना गरेको छ।

चीनले कोभिड–१९ नियन्त्रणमा अपेक्षित सफलता पाउनुका पछाडि यसको बलियो राज्य संयन्त्रलाई श्रेय दिइन्छ। अब सामान्य हिसाबले नियन्त्रण गर्न सकिंदैन भन्ने लागेपछि सबै जनतालाई एकाएक घरभित्र राख्न सक्ने उदाहरण चीनले देखाएका कारण रोग फैलिन पाएन। चीनमा बलियो र प्रभावकारी शासन प्रणाली भएका कारण सरकारको आदेश उल्लंघन गर्ने कल्पना गर्न सकिंदैन। साथै, आवश्यक औषधी, परीक्षण किट र स्वास्थ्यकर्मीका लागि व्यक्ति सुरक्षा सामग्री (पीपीई) उत्पादनमा चीनले जुन तदारुकता देखायो, त्यसले नै आज उसलाई कोभिड–१९ सँग लडिरहेका अन्य मुलुकलाई सहयोग गर्ने अवस्थामा पु¥याएको छ।

नागरिकहरूको ठूलो दायरामा परीक्षण गरेर मात्र संक्रमितको पहिचान गर्न सकिन्छ र उनीहरुलाई अलग्गै राखेर मात्र रोग नियन्त्रण गर्न सकिन्छ भन्ने जानकारी चिनियाँहरुले व्यवहारबाटै पत्ता लगाएका हुन्, जुन आज विश्वले अनुशरण गरिरहेको छ। चीनको यस प्रयासलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रशंसा गर्दै ‘महामारी नियन्त्रणका लागि नयाँ मानकको स्थापना’ मात्र भनेन, ‘अनुशरण गर्न विश्वका अन्य मुलुकहरूलाई पनि आह्वान’ गर्‍यो। सम्भवतः त्यसै कारण होला, डब्लूएचओले अमेरिकाबाट पाउँदै आएको अनुदान कटौतीको जोखिम भोग्नुपरेको छ।

संकटले साबित गरेको शक्ति

चीनका लागि कोभिड–१९ जीवन–मरणको अहम् प्रश्नका रूपमा उभिएको थियो। लामो समयदेखि एकछत्र विश्व महाशक्तिको ताज पहिरिरहेको अमेरिकाका लागि चुनौती बन्दै आएको चीनलाई रोग नियन्त्रणमा प्राप्त हुने असफलताले त्यतिमै मात्र असर गर्ने थिएन, यसको शासन प्रणालीमाथि आक्रमण गर्ने योजनाका संकेतहरू प्रकट भइसकेका थिए। चीनभित्रबाटै भन्दै बेनामी रूपमा तयार पारिएका कतिपय दस्तावेज सम्प्रेषण गर्दै त्यसमा राष्ट्रपति सी चिनफिङ, चिनियाँ कम्युनिष्ट पार्टी र यसको शासनको औचित्यमाथि प्रश्न उठाउन थालिसकिएको थियो। चीनमा कम्युनिष्ट सत्ताका संस्थापक माओत्सेतुङपछि सर्वाधिक शक्तिशाली नेताका रूपमा स्थापित मानिने राष्ट्रपति सीको शक्तिलाई क्षीण गरी अन्तर्राष्ट्रिय प्रभाव कम गर्ने मौकाका रूपमा यसलाई उपयोग गर्न थालिएको सूचनाले चीनलाई अझ बढी सजग र सक्रिय भएर कोरोना विरुद्धको लडाइँमा लाग्न सघाएको छ। यसमा उसले सफलता पनि प्राप्त गरेको छ।

शासन प्रणालीका विभिन्न स्वरूप हुन्छन्। पक्कै पनि यी सबै प्रणालीका केन्द्रमा जनता हुन्छन्, उनीहरूका अधिकार हुन्छन्, गाँस, बास र कपासका प्रबन्धहरू हुन्छन्। विश्वको सबभन्दा बढी जनसंख्यालाई सुखी राख्दै चीनले जुन प्रगति गरिरहेको छ, त्यसबाट उसलाई अब छिटै विश्वको एक नम्बर महाशक्ति हुनबाट कसैले रोक्न सक्ने अवस्था छैन। अन्य मुलुकहरूले पनि आफ्नो विशेषता अनुरूप शासन चलाइरहेका छन् र राम्रो गरिरहेका छन्। चीनलाई भने राम्रो गरे पनि आलोचनाबाट बाहिर राखिंदैन। यस पटकको कोरोनासँगको लडाइँमा भने शासन प्रणालीका स्वरूप र प्रभावकारिताका बारेमा नयाँ शिराबाट बहस शुरू भएको छ। यसबाट अरु बेला झैं चीन झस्किनुपर्ने अवस्था रहेन।

रोगसँग लडेर तङ्ग्रिंदै गरेको चीनसँग आशापूर्ण नजरले नहेर्ने मुुलुकहरू छैनन् भन्दा पनि हुन्छ। सबभन्दा बढी क्षति बेहोरिरहेको अमेरिकाका लागि पनि सबभन्दा आशा गरिएको मुलुक चीन नै बनेको छ। भेन्टिलेटर, पीपीई, परीक्षण किटदेखि मास्कसम्म चीनबाटै निर्यात भइरहेका छन्। जनसंख्यामा चीनपछि दोस्रो ठूलो भारत पनि महत्वपूर्ण सामग्रीका लागि चीनमै निर्भर छ।

चीनसँग आशापूर्ण नजरले नहेर्ने मुुलुकहरू छैनन् भन्दा पनि हुन्छ। सबभन्दा बढी क्षति बेहोरिरहेको अमेरिकाका लागि पनि सबभन्दा आशा गरिएको मुलुक चीन नै बनेको छ। भेन्टिलेटर, पीपीई, परीक्षण किटदेखि मास्कसम्म चीनबाटै निर्यात भइरहेका छन्। जनसंख्यामा चीनपछि दोस्रो ठूलो भारत पनि महत्वपूर्ण सामग्रीका लागि चीनमै निर्भर छ।

महामारीसँगै सिर्जना हुने आर्थिक मन्दी, बेरोजगारी, महँगी र उथलपुथल त छँदैछ, साथै राज्यको प्राथमिकता र प्रभावकारिताबारे पनि गम्भीर प्रश्नहरू उठेका छन्। युरोपेली–अमेरिकी स्वास्थ्य प्रणालीमा सुविधासम्पन्न अस्पताल, स्वास्थ्यकर्मी, पर्याप्त पैसा, स्वास्थ्य बीमा लगायत सबै कुरा छन्। तर, ती मुलुकहरू आफ्ना नागरिक बचाउन किन सक्षम भएनन्? एउटा स्वीच दबाएको भरमा बग्दादी वा सुलेमानीलाई मार्न सक्ने, ब्यालेस्टिक क्षेप्यास्त्रहरूलाई हावामै रोक्न सक्ने र एक निर्णयका आधारमा कुनै मुलुकमाथि आक्रमण गरेर शासकलाई सत्ताच्यूत गर्न सक्ने अमेरिका आज आफ्ना नागरिकको स्वास्थ्य रक्षाका लागि किन यति निष्प्रभावी साबित भयो? अमेरिकामा कति नागरिक अस्पताल नै जान नपाएर मरिरहेका छन्, कति अस्पताल पुगे पनि उपकरण र उपचार नपाएर मरिरहेका छन्। शव गाड्न मानिस र ठाउँको अभाव भएका कहालीलाग्दा समाचारहरू सार्वजनिक भइरहेका छन्। फेरि पनि यी सबै कुरा राज्यको नीति, प्रणाली र नेतृत्वसँग जोडिन्छन्।

निर्वाचन सम्मुखमा आइरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डर होला– कतै आफ्ना कारणले अमेरिकी अहम्माथि प्रश्न उठ्ने त होइन? ‘अमेरिका फस्र्ट’ नीति लिएर चार वर्षअघि सत्तामा आएका ट्रम्पले जनस्वास्थ्य जस्तो संवेदनशील र प्राथमिक विषयलाई पनि आफ्नो तुच्छ राजनीतिको विषय बनाएकाले महामारीबाट मानवीय क्षति पनि सबैभन्दा बढी त्यहीं भएको छ।

चीनको वुहान शहरमा जब कोभिड–१९ को संकट सिर्जना भयो, तबसम्म त्यसलाई विश्वले गम्भीर रूपमा लिन सकेन। यस विरुद्धमा चीन लड्दै गर्दा अन्य मुलुकले यस खतरालाई बुझन् र प्रतिरक्षा योजना बनाउन सकेको भए शायद आज भोगिरहेको त्रासदीबाट धेरै हदसम्म मुक्ति पाउन सम्भव थियो। त्यसो गर्नुको साटो रोगका नाममा चीनलाई गिज्याउने र तल पार्ने अभियान स्वरूप कहिले ‘वुहान भाइरस’ र त कहिले ‘चाइनिज भाइरस’ भन्दै मानवीयताकै खिल्ली उडाएको मूल्य आज अमेरिकाले चुकाइरहेको छ।

शुरूमा चीन स्वयंलाई पनि कोरोनाभाइरसले यति विकराल रूप लेला भन्ने लागेको भए सार्स जस्तै खतरा औंल्याउने डाक्टर ली वेनलियाङको मुखमा बूजो लगाउने थिएन। तर, सन् २००३ ताका सार्स नियन्त्रण गर्दाको अनुभवले हुनसक्छ, चीनले समस्यालाई गम्भीर रूपमा लिन विलम्ब चाहिं गरेन। राष्ट्रपति सी स्वयम्ले यसलाई आफ्नो ‘अथोरिटी’ माथिको खतराका रुपमा बुझे र प्रधानमन्त्री ली कछ्याङलाई कमाण्डर तोकेर रोग विरुद्धको लडाइँलाई ‘जनयुद्ध’ का रुपमा अगाडि बढाए। वुहानलाई सम्पूर्ण रुपमा लकडाउन मात्र गरिएन, स्वास्थ्य सामग्रीको उत्पादन, प्रयोग र रोगको रोकथामका लागि सिङ्गै मुलुकलाई परिचालन गरियो। फलस्वरूप न्यूनतम क्षतिमा चीनमा कोरोना नियन्त्रणमा आउन सक्यो।

नयाँ मोडमा चीन

नयाँ–नयाँ संकटले नयाँ–नयाँ अवसर पनि ल्याउँछ। अहिलेसम्म महाशक्तिका रुपमा रहेको अमेरिकालाई आफ्नो छवि कायम राख्ने अवसरबाट यसले पछाडि धकेलेको छ भने उदाइरहेको चीनलाई महाशक्ति बन्न नयाँ अवसर दिएको छ। लामो समयदेखि अमेरिकी क्याम्पमा रहेका र सधैंभरि अमेरिकी गठबन्धनको साझेदार बनाउँदै आएका मुुलुकहरुले आज जसरी अमेरिकाको नभई चीनको मुख ताक्नुपर्ने अवस्था आएको छ, यसबाट शक्ति संरचनाको पुनव्र्याख्या नगरी सुखै छैन। हिजो सहज अवस्थामा निर्माण गरिएका गठबन्धन, संयन्त्र र भाष्यहरूलाई कोभिड–१९ संकटले भत्काइदिएको छ र नयाँ परिस्थितिमा तिनको विनिर्माणको माग गरेको छ।

चीन महाशक्ति बन्न चाहन्छ भन्ने कुरा लुकेको छैन। त्यसैको एक अंगका रुपमा राष्ट्रपति सीले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) परियोजनामा कोभिड–१९ ले कस्तो प्रभाव पार्छ भन्ने आधारमा उसको शक्तिको दायरा विस्तार निर्भर हुन्छ।

चीन महाशक्ति बन्न चाहन्छ भन्ने कुरा लुकेको छैन। त्यसैको एक अंगका रुपमा राष्ट्रपति सीले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) परियोजनामा कोभिड–१९ ले कस्तो प्रभाव पार्छ भन्ने आधारमा उसको शक्तिको दायरा विस्तार निर्भर हुन्छ। चीनको अर्थतन्त्रलाई चलायमान बनाउन हालसम्म उसका २५ प्रान्तले ७ ट्रिलियन डलरको राहत प्याकेज अगाडि बढाउन प्रस्ताव गरेका छन्। विदेशी मुद्राको ठूलो सञ्चिति रहेका कारण चीनले आर्थिक संकटलाई सजिलै व्यवस्थान गर्न सक्दा फेरि पनि बीआरआईसँग जोडिएका ७० वटा मुलुकको विकासको प्रमुख अन्तर्राष्ट्रिय स्रोत चीन नै हुन्छ। बाँकी विश्व बन्द रहेको वेला दुई तिहाई आन्तरिक बजार खुला गरेर सहजता ल्याउन खोजेको चीनका लागि आफ्नो क्षमता देखाउन यस संकटले नयाँ मोड सिर्जना गरिदिएको छ।

महामारी जस्तो स्वास्थ्यसँग जोडिएको विषयलाई त्यही रुपमा सम्बोधन गर्नुभन्दा राजनीतिकरण गर्नमा रुचि देखाएका कारण अमेरिकाले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो विश्वसनीयता गुमाएको छ। राष्ट्रपति ट्रम्पले सत्तामा आएपछि चीनसँग निहुँ खोजेर चिनियाँ उत्पादनमाथि अतिरिक्त कर नथोपरेको भए शायद दुई देशबीचको सम्बन्ध यति तीतो अवस्थामा पुग्ने थिएन।

सन् १९४९ सम्मको एक शताब्दीभन्दा लामो विदेशी हस्तक्षेप र अपमान भोगेर स्वतन्त्रता प्राप्त गरेको चीनले सजिलै आजको सफलता प्राप्त गरेको होइन। सन् १९४९ मा जनवादी क्रान्ति सफल भएपछि वैधानिक सरकार गठन भएर कैयौं मुलुकले मान्यता दिइसक्दा पनि अमेरिकाले ताइवानलाई समातेर चीनलाई एक्ल्याउन गरेको भरमग्दुर प्रयास गरेको थियो। तर, त्यो प्रत्युत्पादक हुने भएपछि राष्ट्रपति रिचर्ड निक्सन र उनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले चीनसँग बढाएको मित्रताको हात केवल चीनको हितका लागि थिएन भन्ने त हालसम्मको अवस्थाले देखाइसकेको छ। कुनै वेला विश्वको एकछत्र महाशक्ति रहेको बेलायतलाई उछिनेर एक नम्बरमा पुगेको अमेरिकाले यही रूपमा सधैं रहिरहन्छु भनेर सोच्नु सुतेको ड्रागनको क्षमतालाई नबुझ्नु मात्र हो। अबको अन्तर्राष्ट्रिय राजनीतिमा यसको जबर्जस्त प्रभावहरू पर्नेछन्।

सन् १९९० को दशकमा सोभियत संघको पतनसँगै एकछत्र महाशक्ति रहेको अमेरिकी अहम्मा यतिवेला नराम्ररी ठेस लागेको छ। आणविक हतियार, सैन्य गठबन्धन, इन्डो–प्यासिफिक स्ट्राटेजी जस्ता विषय सामान्य कालका लागि रहेछन् र आपतकालका लागि बलियो राज्य र त्यसका नागरिकप्रतिको संवेदनशीलता नै रहेछ भन्ने कुरा अहिले छर्लंग भएको छ। यससँगै के प्रष्ट भएको छ, अब विश्व एकध्रुवीय रुपमा रहन सक्दैन। शान्त कूटनीतिक अभ्यास, अरुभन्दा पहिला प्रतिक्रिया नजनाउने स्वभाव, अरुको राजनीतिक अवस्थामा चासो नराख्ने नीति र आर्थिक कोणबाट सम्बन्धलाई अघि बढाउने चाहनाबाट चीनले व्यावहारिक रूपमै अमेरिकालाई टक्कर दिएको महसुस विश्वले गरेको छ।

ढिलो–चाँडो कोभिड–१९ नियन्त्रणमा आउनेछ र त्यसपछि राज्यहरुको संकटबारे नयाँ बहस शुरु हुनेछ। त्यस्तो वेलामा स्वाभाविक रूपमा महामारीको सामना राम्रोसँग गर्न नसक्ने कतिपय मुलुकका सरकारहरूले बाटो छाड्नुपर्ने अवस्था आउनेछ।

अब कि विश्वव्यापीकरणको अन्त्य भएको निष्कर्ष निस्किन्छ वा अमेरिका–केन्द्रित विश्वव्यापीकरणको साटो चीन–केन्द्रित विश्वव्यापीकरणको नयाँ अध्याय शुरु हुन्छ। किनभने, यसै पनि हिजोका दिनमा लामो समयसम्म यूरोपमा रहेको र एक शताब्दीअघि अमेरिकामा सरेको विश्वको केन्द्र एशियामा सर्छ भन्ने प्रक्षेपण भइसकेको छ। स्वाभाविक छ, चीनकै कारण एशिया त्यस्तो केन्द्र बन्न लागेको हो। यो सँगै, कोरोना विरुद्ध लड्न एकपछि अर्को गर्दै यूरोपेली देशहरूमा देखिएको चरम असफलता अनि चीनका साथै एशियाका दक्षिण कोरिया र सिंगापुर जस्ता देशहरूले हासिल गरेको सफलताले नयाँ रूपमा सोच्न सबैलाई बाध्य बनाएको छ।

ढिलो–चाँडो कोभिड–१९ नियन्त्रणमा आउनेछ र त्यसपछि राज्यहरुको संकटबारे नयाँ बहस शुरु हुनेछ। त्यस्तो वेलामा स्वाभाविक रूपमा महामारीको सामना राम्रोसँग गर्न नसक्ने कतिपय मुलुकका सरकारहरूले बाटो छाड्नुपर्ने अवस्था आउनेछ। यस महामारीपछि राज्यहरुको समृद्धिमा मात्र कमी आउनेछैन, राज्य बलियो हुनुपर्छ भन्ने मान्यता बढ्ने भएकाले खुलापनमा पनि कमी आउनेछ। यस्तो वेलामा जुन राज्य अझ बलियो गरी उभिन, सक्रिय हुन र नेतृत्व गर्न सक्षम हुनेछ, त्यही नै स्वतः नेतृत्वदायी रूपमा उदाउनेछ। त्यस्तो सुविधा अरुलाई भन्दा चीनलाई नै बढी छ।

प्रतिकृया दिनुहोस