बन्दाबन्दीले खेल गतिविधिहरु ठप्प छन्। नियमित रुपमा शारीरिक अभ्यास, प्रशिक्षण गर्नुपर्ने खेलाडी पनि यति वेला घरभित्रै छन्। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न शारीरिक दुरी कायम गर्नैपर्ने अवस्था छ। त्यसैले अवस्था सामान्य नभएसम्म खेल गतिविधि हुने सम्भावना छैन। बन्दाबन्दीमा खेलाडीहरु के गरिरहेका छन्? हिमालखबरले केही खेलाडीसँग कुराकानी गरेको छ। 
 
रुबिना क्षेत्री 
क्रिकेटसम्बन्धि पुस्तक पढिरहेकी छु 
कोरोनाभाइरस संक्रमणबाट बच्न हामी पनि बन्दाबन्दीमा नै छौं। प्रतियोगिता हुने निश्चित नभएसम्म सामुहिक अभ्यास हुँदैन। अहिले पनि म आफ्नो क्षमता निखारिरहेकी छु। त्यसैले मलाई खास असर गरेको छैन।
 
बिनोद भण्डारी 
 
नियमित व्यायाम र ब्याटिङ अभ्यास गर्छु 
अहिले म घरमा छु। विदा हुने भएपछि म महेन्द्रनगर आएको हुँ। कोरोनाभाइरसले सबैतिर नै असर गरिरहेको छ। हाम्रो नेपालमा मात्रै समस्या भएको भए गाह्रो हुन्थ्यो। अहिले गाह्रो मान्नेभन्दा पनि घरमा बसेर सहयोग गर्नुपर्ने अवस्था हो। महेन्द्रनगरको गाउँमा छ मेरो घर। यहाँ घरहरु टाढा टाढा छन्। मानिसको भीडभाड हुँदैन। बिहान मर्निङ वाक, शारीरिक अभ्यास गर्न सकिन्छ।
 
 
एन्जिला तुम्बापो 
 
युट्युवबाट गोल किपिङ कला सिक्दैछु 
 
 
 
 
भुमिराज राई 
गाउँको कच्ची सडकमा दौडिन्छु 
म नेपाल प्रहरीमा आबद्ध छु। अहिले भने बिदामा पाँचथरको फिदिम नगरपालिका स्थित घरमा छु। कोरोनाभाइरस संक्रमण फैलन सक्ने खताराले गर्दा सरकारले गरेको बन्दाबन्दीको प्रभाव यहाँ पनि परेको छ। घरभित्रै छु। त्यसैले मेरो नियमित तालिममा पनि असर गरिरहेको छ।
 
 
 
रेश्मा भन्डारी 
टिकटक बनाएर समय बिताउँदैछु 
म घरमा नै आराम गरिरहेकी छु। कुइनामा समस्या भएकोले डाक्टरले चैतभरि भलिबल नखेल्न सुझाव दिनुभएको थियो। तर, शारीरिक व्यायाम चाँहि साथीहरुसँगै क्लबमा गएर गर्ने सोँच बनाएकी थिएँ। यो बन्दाबन्दीले स्थगित भयो। सबैभन्दा ठूलो स्वास्थ्य नै हो। त्यसैले सरकारको निर्देशन बमोजिम सबै घरमै छौँ। समूहमा नियमित अभ्यास गर्नुपर्ने हामीलाई बन्दाबन्दीले शारीरिक तथा मानसिक रुपमा असर गरिरहेको छ। नियमित अभ्यास र व्यायाम गर्न पाएको छैन। घरमा सामान्य व्यायाम त गरिन्छ तर, क्लबमा गरेको जस्तो हुँदैन। पछि खेलमा फर्कन एकदम गाह्रो हुन्छ।