थप समाचार बुधबार, चैत १२, २०७६

कोरोना संक्रमण रोकथामको प्रयास (तस्वीरहरु)

बिक्रम राई

कोरोना संक्रमण रोकथामको प्रयास (तस्वीरहरु)

विश्वव्यापी महामारी बनेको कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले नेपाल बन्दाबन्दी (लकडाउन) घोषणा गरेको छ ।

एक हप्ता लामो बन्दाबन्दी घोषणा गरेको सरकारले यो अवधिमा अत्यावश्यक बाहेकका काममा घरबाट बाहिर निस्कन समेत बन्देज लगाएको छ । तर, अत्यावश्यकीय सामग्रीको उत्पादन र बिक्री बितरण नरोक्न सरकारले निर्देशन दिएको छ ।

बन्दाबन्दीको दोस्रो दिन काठमाडौं महानगर पालिकाले कालिमाटी फलफूल तथा तरकारी वितरण केन्द्रमा डिस्इन्फेक्सन स्प्रे छर्किएको छ । फलफूल तथा तरकारीबाट कोरोना संक्रमण रोक्न महानगर पालिकाले यस्तो स्प्रे छर्किएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस