थप समाचार शनिबार, चैत १, २०७६

मदिरा सेवनले मृत्यु हुनेको संख्या ११ पुग्यो

रासस

मदिरा सेवनले मृत्यु हुनेको संख्या ११ पुग्यो

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबार ६ गरी मृत्यु हुनेको एघार पुगेको हो ।

होलीको अवसरमा अत्याधिक घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएकाहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक साता अघि मृत्यु भएका पाँच जनाको विषाक्त मदिरा सेवनबाट नै भएको आशङ्का गरिएको छ ।

मृत्यु हुनेमा २९ बर्षीय ब्रह्मदेव यादव, ४० बर्षीय विला मण्डल, ६५ बर्षीय गदर मण्डल, ३५ बर्षीय राजु महरा रामनारायण महरा, शत्रुघन मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले घटना बारे अनुसन्धान शुरु गरिएको जानकारी बताए । अन्य चार जना रम्दैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए ।

अवैध मदिरा बिक्री गरेको अभियोगमा स्थानीय रामानन्द साह र एक महिलालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस