थप समाचार शुक्रबार, फागुन ३०, २०७६

कोरोना भाइरस नियन्त्रणसम्बन्धी कार्ययोजना स्वीकृत

रासस

कोरोना भाइरस नियन्त्रणसम्बन्धी कार्ययोजना स्वीकृत

प्रदेश नं १ को सरकारले कोराना भाइरस (कोभिड–१९) नियन्त्रण सम्बन्धी एकीकृत कार्ययोजना पारित गरेको छ ।

मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि तयार गरिएको कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको प्रदेश मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

प्रदेश एकले उदयपुरमा क्वारेन्टाइन स्थल तोक्ने, सीमा नाकामा उच्च सतर्कता अपनाउने देखि अस्पतालहरुमा हेल्पडेस्क समेत स्थापना गरिएको छ ।

कोरोनाले विश्वव्यापी महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आक्रामक योजना बनाउन आग्रह गरिसकेको छ ।

प्रतिकृया दिनुहोस