थप समाचार शनिबार, फागुन २४, २०७६

कोरोना भाइरस भित्रिन नदिन सीमामा उच्च सतर्कता

रासस

कोरोना भाइरस भित्रिन नदिन सीमामा उच्च सतर्कता

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेमा उच्च सतर्कता अपनाइएको छ ।

विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका सबै निकायलाई उच्च सतर्क रहन निर्देशन जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

उनका अनुसार, जिल्लाका सीमा नाका, विमानस्थल, भीडभाड हुने स्थानलाई लक्षित गर्दै सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी भएको छ ।

कोरोना भाइरसबाट जिल्लावासीलाई बचाउन प्रशासन कार्यालयका कर्मचारीसहित सबै सरकारी निकाय, स्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी, अस्पताल, रेडक्रस, प्रहरीलाई सतर्क अवस्थामा रहन निर्देशन जारी गरिसकेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।

प्रतिकृया दिनुहोस