थप समाचार शनिबार, फागुन १०, २०७६

इरानमा कोरोनाभाइसबाट पाँच जनाको मृत्यु

रासस

इरानमा कोरोनाभाइसबाट पाँच जनाको मृत्यु
null

इरानमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

शनिबार थप एकजना सङ्क्रमितको मृत्यु भएपछि इरानमा काेराेनाभाइरस अर्थात (काेभिड १९) बाट मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे हाे। 

इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि थपिएको सरकारी अधिकारीहरुले बताएका छन् । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ।

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले यथासम्भव प्रयास गरिरहेको बताए।

प्रतिकृया दिनुहोस