विश्वव्यापी काेराेनाभाइरस महामारी

५५९१९७०

हालसम्म संक्रमित

२३६८८६४

निको भएका

३४७९५०

मृत्यु हुनेको संख्या

नेपाल

६८२

जम्मा संक्रमित

११२

निको भएको

मृत्यु

अपडेटः मंगलबार, १३ जेठ २०७७ । १ः०० बजे दिउँसो | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

टिप्पणी मंगलबार, माघ १४, २०७६

स्वयम्भूनाथ होइन् स्वयम्भू महाचैत्य

वसन्त महर्जन

स्वयम्भूनाथ होइन् स्वयम्भू महाचैत्य
स्वयम्भू महाचैत्य । तस्वीर: इन्द्र श्रेष्ठ
वसन्त महर्जन

खर्च गरेर प्रचारप्रसार गर्नुपर्नेमा उल्टै आम्दानीको राम्रो स्रोत हुनु पर्यटकीय क्षेत्रको विशेषता हो, तर यस क्षेत्रका बारेमा गलत जानकारी प्रवाह हुनु कुनै दृष्टिले उचित छैन।

ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध ‘स्वयम्भू महाचैत्य’ लाई स्वयम्भूनाथ भन्नु त्रुटिपूर्ण छ । यो मात्र होइन कुनै पनि पुरातात्विक सम्पदालाई वैचारिक रङ पोतेर छुट्टै पहिचान दिलाउनु आपत्तिजनक छ ।

गोपाल राज–वंशावलीमा ‘खासौ चेत’ र पण्डित अमृतानन्दद्वारा लिखित धर्मकोश–सङ्ग्रहमा ‘खासाचिथ’ भनिएको प्रचलित ‘खास्ति महाचैत्य’ को नामबाट परिचित सम्पदास्थललाई के शुद्धिले हो एकाएक नाम परिवर्तन गरी ‘बौद्धनाथ स्तूप’ भनियो । यो तर्कसङ्गत छैन । विश्वसम्पदा सूचीमा नाम दर्ता गर्दा पनि मौलिक नामबाट नभएर पछि राखिएको नाम प्रयोग गरिएको छ ।

स्वयम्भू महाचैत्यको निर्माण सम्बन्धमा कुनै ऐतिहासिक तथा पुरातात्विक प्रमाण पाइनसके पनि हालसम्म प्राप्त तथ्यले यो इस्वीको चौथो शताब्दीभन्दा अघि नै महत्वपूर्ण स्थलको रुपमा विकास भइसकेको देखाउँछ । धार्मिक क्षेत्रमा नाथ सम्प्रदायको इतिहास नवौं\दशौं शताब्दीपछि मात्रै भेटिन्छ ।

बौद्धस्थलसँग नाथ सम्प्रदायको कुनै सम्बन्ध छैन र त्यस्तो केही गतिविधि पनि हुँदैन । पशुपतिका सन्दर्भमा पनि नाथ शब्द पछि जोडिएको हो । बौद्ध सम्पदास्थलमा असान्दर्भिक तवरले ‘नाथ’ शब्द जोडिंदा समेत इतिहास र संस्कृति विषयसम्बद्ध व्यक्तित्वहरूले खण्डन नगर्नुले यो विषयप्रति उनीहरू संवेदनशील नरहेको प्रष्ट्याउँछ ।

यस्ता सम्पदास्थलमा विदेशी पर्यटकहरूलाई पथप्रदर्शन गर्ने कति ‘टुरिस्ट गाइड’ हरूले त स्वयम्भू महाचैत्यलाई ‘मंकी टेम्पल’ भनेर चिनाइरहेको भेटिन्छ । उनीहरूले स्वयम्भू शब्दको अर्थ बुझ्न नसक्दा र वरिपरि बाँदर देखिएकै भरमा ‘मंकी टेम्पल’ भन्नु हदैसम्मको हेलचेक्र्याइँ हो ।

त्यति मात्र होइन पशुपतिनाथलाई ‘एल्डर ब्रदर’ र स्वयम्भूनाथलाई ‘यङ्गर ब्रदर’ भनिरहेका हुन्छन् । विदेशबाट प्रकाशित धेरै ‘गाइड बूक’ हरूमा नेपालको पर्यटकीय स्थलको वर्णन गर्दा यसलाई ‘मंकी टेम्पल’ भनेरै उल्लेख हुन थालिसकेको छ । यही कुरा नेपालको पर्यटन क्षेत्रमा स्थापित मान्यता जस्तै हुनुले यो क्षेत्र कति हचुवाको भरमा चल्दो रहेछ भन्ने देखाउँछ ।

पथप्रदर्शकले हनुमानढोका परिसर पुग्ने पर्यटकलाई कालभैरवको मूर्ति देखाएर ‘ब्ल्याक भैरव’ र श्वेत भैरवको मूर्तिलाई ‘ह्वाइट भैरव’ भन्ने त्रुटि अझै गरिरहेका छन् । यहाँ ‘काल’ शब्दले कालो रङ होइन समयसँग सम्बन्ध राख्छ । त्यस्तै ‘श्वेत भैरव’ ले वर्ण मात्रै बुझाउँछ, नाम बेग्लै छ । पद्मपाणि लोकेश्वर (रक्तावलोकितेश्वर) लाई रातो मत्स्येन्द्रनाथ र अमोघपाश लोकेश्वर (आर्यावलोकितेश्वर) लाई सेतो मत्स्येन्द्रनाथ भन्नु पनि त्यस्तै गल्ती हो ।

पर्यटकीयस्थल विदेशी मुद्रा आम्दानी गर्ने स्रोत मात्रै नभएर आफ्नो देश, समाज र संस्कृति तथा इतिहास विश्वसामु प्रस्तुत गर्ने सशक्त माध्यम पनि हो ।

नेपाली इतिहासका नाममा मिथक वा कपोलकल्पित कथा प्रस्तुत गर्ने परम्परा पुरानै हो । कल्पना गरेर नेपालको इतिहास बनाउने चेष्टा गर्नुभन्दा वैज्ञानिक ढङ्गले विश्लेषण गरेर कुनै पनि कुराको तथ्यसम्म पुग्नु उचित हुन्छ । संस्कार र संस्कृतिलाई पनि वैज्ञानिक ढङ्गले केलाउन सकिन्छ ।

सामान्य भौतिक कुरालाई पनि दैवी चमत्कार भन्दै देवत्वकरण गर्नु र सर्वसाधारणका साथै पर्यटकलाई पनि त्यही कुरा पस्कनु लज्जास्पद नै मान्नुपर्छ । भूगर्भमा सञ्चित ग्याँस निस्केर आगो बलिरहेको कुरालाई ज्वालामाई वा दैवीशक्तिका रुपमा प्रस्तुत गर्नु झनै अवैज्ञानिक हुनु हो ।

बौद्धिक क्षेत्रमा अध्ययन, अनुसन्धान र विचार–विमर्श भई एकमत भइसकेका कुराहरू पनि शैक्षिक तथा पर्यटनका क्षेत्रमा गलत कुराले निरन्तरता पाइराख्नु उचित होइन ।

 

प्रतिकृया दिनुहोस