विश्वव्यापी काेराेनाभाइरस महामारी

५५९०३५८

हालसम्म संक्रमित

२३६६५७४

निको भएका

३४७९०७

मृत्यु हुनेको संख्या

नेपाल

६८२

जम्मा संक्रमित

११२

निको भएको

मृत्यु

अपडेटः मंगलबार, १३ जेठ २०७७ । ११ः१५ बजे बिहान | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

थप समाचार शनिबार, माघ ११, २०७६

घर सजाउन लहरा

नुनुता राई

घर सजाउन लहरा

लहराले घर सजाउने हो भने  प्राकृतिक सुन्दरता मात्र होइन, प्रदूषणबाट समेत केही हदसम्म बच्न सकिन्छ।

अहिले घरको कोठा, कौसी र भर्‍याङ आदि सुन्दर पार्न लहरा प्रजातिको फुल्ने र नफुल्ने बिरुवा रोप्न थालिएको छ । कुनै माथितिर तन्किन्छन् भने कुनै तलतिर तुर्लुङ्ग झुण्डिन्छन् । बगलामुखी नर्सरी, ललितपुरका सञ्चालक सुन्दरलाल मुल्मी बिक्री भइरहेको मध्ये करीब २० प्रतिशत ‘ह्याङ्गिङ प्लान्ट’ (झुण्डिने फूल/बिरुवा) बिक्री हुने गरेको बताउँछन् ।

लहरा प्रजातिका फूल/बिरुवाको आकर्षण छुट्टै छ । यसको लम्बाइ र स्थानले घरमा सौन्दर्य झल्काउँछ । वनस्पतिविद् डा.केशवराज राजभण्डारीका अनुसार लहरे प्रजातिका बिरुवा सजाउने उद्देश्यले पहिले त्यति रोपिंदैनथ्यो । “यस्ता बिरुवाले घर आकर्षक बनाउने मात्र होइन सकारात्मक सोच सञ्चार गर्ने काम पनि गर्छ; यसैले स्वदेश/विदेशमा घर, कार्यालय सबैतिर राख्ने चलन आएको हो”, उनी भन्छन् । लहरा प्रजातिका बिरुवा नेपालमा कति पाइन्छन् भन्ने अध्ययन कसैले नगरेको उनी बताउँछन् । 

डड्ढी टेल, ब्ल्याक पर्ल, स्ट्रिङ अफ पर्ल, बनाना, ह्याङ्गिङ जिरेनियम, ह्याङ्गिङ पिटुनिया आदि लहरा प्रजातिका हुन् । बोट सानै हुँदा फुल्ने फूलहरू झुन्ड्याएर राख्न सकिने हाम्रो फ्लावर नर्सरीका सोनाम योन्जन बताउँछन् । उनी भन्छन्, “कतिले राम्रो देखेर फूल टिपिदिने वा मुन्टा भाँचिदिने गर्छन्, त्यसैले यिनलाई लहरा झुन्ड्याउन मिल्ने ठाउँमा रोप्नुपर्छ ।”

कतिपयले झ्यालमै गमला झुन्ड्याएर राखेको पनि देखिन्छ । फूल रोप्न चाहने तर रोप्ने ठाउँ नभएकाहरूको रोजाइमा ‘ह्याङ्गिङ फ्लावर’ परिरहेको बताउँछन्, फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजू । “आजभोलि फूलको भेराइटीसँगै आकर्षक ‘पट’ हरूले पनि यस्ता फूलहरूको व्यापार बढाएको छ”, उनी भन्छन् ।

लत्रिने फूल/बिरुवाले घरको आकर्षण बढाउने कोटेश्वरकी मीना श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, “भुईंमा गमला राख्ने ठाउँ नभएकाले झुन्ड्याएर राखेकी छु, यसले मेरो घरको ‘लुक्’ नै परिवर्तन भएको छ ।” झुन्डिने फूल रोप्न महँगो गमला चाहिन्छ भन्ने मान्यताबाट पनि टाढा छिन्, उनी । भन्छिन्, “मैले भित्तामा राख्न मिल्ने ‘स्ट्यान्ड’ मा सामान्य प्लाष्टिकको गमलामा रोपेकी छु ।”

ह्याङ्गिङ पट

फूल रोपेर झुन्ड्याउन मिल्ने गमलाको गुणस्तर र डिजाइन अनुसार मूल्य फरक पर्ने व्यवसायीहरूको भनाइ छ । पेयपदार्थ कोकाकोला/पेप्सीको बोतल र तेलका ग्यालनहरूमा समेत फूल/बिरुवा रोपेर झुन्ड्याएको देखिन थालेको छ । त्यस्तै बाँस तथा बेतका चोयाबाट बुनिएको ढकी स्टाइलका झुन्डिने गमलाहरूको लोकप्रियता पनि बढ्दो छ । कतैकतै सामान्य गमलामा फूल/बिरुवा रोपेर अग्लो वा भित्ते स्ट्यान्डमा राखेको पनि देखिन्छ ।

लहरालाई त्यसरी रोप्नुलाई पनि एक प्रकारको कला नै मान्छन्, वनस्पतिविद् राजभण्डारी । “यसले घरलाई आकर्षक त बनाउँछ नै वातावरण प्रदूषित हुनबाट पनि बचाउँछ”, उनी भन्छन् ।

पछिल्लो समय भारतबाट प्लाष्टिकका आकर्षक सिक्री र गमलाहरू आउन थालेको बगलामुखी नर्सरीका मुल्मी बताउँछन् । उनी भन्छन्, “प्लाष्टिकका ह्याङ्गिङ गमला माटोभन्दा हल्का र पिंधमा प्लेट पनि टाँसिएको हुँदा पानी चुहिएर फोहोर हुने समस्याबाट समेत छुटकारा पाइन्छ ।” तुलनात्मक रुपमा प्लाष्टिकका झुन्ड्याउने गमला सेरामिक र चोयाबाट बनेका गमला भन्दा सस्तो पर्छ ।

नर्सरी सञ्चालकहरू पनि विभिन्न रङ र झुण्ड्याउन मिल्ने प्लाष्टिकका गमलाहरू प्रयोग गरिरहेको बताउँछन् । हाम्रो फ्लावर नर्सरीका योन्जन भन्छन्, “आकर्षक र सुन्दर त सेरामिक तथा चोयाबाट बुनेका गमला हुन्छन् तर फूल बेच्दा गमलाको मूल्य पनि जोडेर बेच्नुपर्ने हुन्छ । ग्राहकले खोजी गरे मात्रै यस्तो गमला मगाउँछौं ।”

कुनै कुनै होटल तथा रेस्टुरेन्टहरूमा भने पूरै भित्ता ढाक्ने गरी प्लाष्टिकका स–साना गमला टाँसिएका ‘स्ट्यान्ड’ मा फूलहरू रोपेर आकर्षक बनाएको पनि देखिन्छ । यस्ता स्थान ग्राहकहरूले ‘सेल्फी’ लिने ठाउँ बन्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस