विश्वव्यापी काेराेनाभाइरस महामारी

५५९०६७१

हालसम्म संक्रमित

२३६७५८९

निको भएका

३४७९२२

मृत्यु हुनेको संख्या

नेपाल

६८२

जम्मा संक्रमित

११२

निको भएको

मृत्यु

अपडेटः मंगलबार, १३ जेठ २०७७ । १२ः०० बजे मध्याह्न | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

थप समाचार शनिबार, माघ ११, २०७६

सिक्का सिर्जना

नुनुता राई

सिक्का सिर्जना
कलाकार श्रेष्ठले जम्मा गरेको सिक्का । तस्वीरहरुः मनिष पौडेल

कुनै समय ५, १० र २५ पैसाका सिक्का दैनिक आवश्यकताका सामग्री किन्न अत्यधिक चल्तीमा थिए तर, अहिले ती सिक्का आफैं बिक्रीमा छन्।

काठमाडौंको बाङ्गेमुढामा दाँत दुखेको ठीक हुने मन्दिर अर्थात् वाँस्याः देगः छ । दाँतको जरा आकारको मुढामा किलाले पैसा ठोके दाँत दुखेको निको हुने विश्वास छ । अचेल पनि यो मुढामा किलाले पैसा ठोकिन्छ ।

रवीन्द्र श्रेष्ठ (४२) केटाकेटी हुँदा ५ पैसामा पाँच वटा मिठाइ आउँथ्यो । त्यही पैसा मुढामा ठोकेको देख्दा उनलाई लोभ लाग्थ्यो । बालकैदेखि देखेको संस्कृतिलाई अहिले उनले कलामा उतारेका छन् ।

सिक्का पोलेर सिर्जित कला (बायाँ) र प्रतीकात्मक कला ।

पैसालाई किलामा ठोक्नु कानूनी र व्यावहारिक दुवै कारणले उचित थिएन । त्यसैले पैसालाई कलामा उतार्नुअघि उनले धेरैसँग सल्लाह गरे । काम गर्ने कि नगर्ने द्विविधा भएकै वेला १२ वैशाख २०७२ मा भूकम्प गयो । भूकम्पले आसपासका घर भत्किए पनि वाँस्याः देगः र पैसा ठोक्ने मुढा जोगियो । उक्त मुढाको गहिरो अध्ययनपछि उनले ‘टिथ गड’ नामका दुई वटा सिर्जना तयार गरे ।

उनले किलाले ठोकिएको सिक्कामा रङ छर्केर र डोरो बाँधेर पूजा गरेको भान दिएका छन् । झट्ट हेर्दा वाँस्याः देगःकै झल्को आउँछ । उनले ती सिर्जना पहिलोपटक तारागाउँ कला संग्रहालयमा प्रदर्शनी गरेका थिए । अहिले एउटा सिर्जना पार्क आर्ट ग्यालरी काठमाडौंमा राखिएको छ भने अर्को व्यक्तिगत म्युजियममा राखिएको उनले बताए ।

ती सिर्जना तयार पार्नका लागि उनलाई पर्याप्त सिक्का चाहिन्थ्यो । सिक्काको खोजीमा विभिन्न मन्दिर पुगे, सार्वजनिक यातायातका सहचालकहरूसँग साटे ।

वसन्तपुरमा किन्न पाइने थाहा पाएपछि त्यहीं पुगेका उनलाई व्यापारीले सिक्काको दुरुपयोगबारे जानकारी दिए । पुराना ५, १० र २५ पैसाका सिक्कालाई पगालेर भाँडाकुँडा बनाउने धातुमा मिसाउँदा रहेछन् । कतिपयले त चाँदीमा मिसाएर पनि ठगी गर्दा रहेछन् ।

‘दाँतको दुखाइ निको पार्न’ सिक्का ठोकेर पुजिने काठमाडौंको बाङ्गेमुढास्थित वाँस्याः देगः।

उनले यस्तो दुरुपयोगलाई कला मार्फत जानकारी दिन सिक्का पगालेर चारकुने ‘क्युव’ बनाएका छन् । जसमा रोमन लिपिमा ‘आर्ट’ लेखिएको छ । यसलाई नेपाल फाइन आर्ट एकेडेमीले नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको राष्ट्रिय प्रदर्शनीमा राखेको थियो ।

कलाकार रवीन्द्र श्रेष्ठ ।

 

उनी भन्छन्, “त्यहाँ सरकारी क्षेत्रका व्यक्तित्वहरू पनि अवलोकन गर्न आउनुभयो तर, सिक्का दुरुपयोगबारे कहीं कतै कुरा उठेन ।” सचेतनापूर्वक काम गरे पनि बहस नउठ्दा खिन्न भएको उनी बताउँछन् । आफूले जम्मा गरेका बाँकी सिक्का उनले २५ केजीको जुटको दुई वटा बोरामा राखेका छन् ।

व्यापारीहरूले ५, १० र २५ पैसाका सिक्का अहिले प्लाष्टिकको प्याकेटमा राखेर बिक्री गर्छन् । ५ पैसाको १०० वटा सिक्काको प्याकेटलाई रु.३०० पर्छ । त्यस्तै १० पैसाको १०० वटा सिक्काको प्याकेटलाई रु.१०० नै पर्छ । ५ पैसाको सिक्काको माग धेरै भएकाले महँगो पर्ने व्यवसायी बताउँछन् ।

वसन्तपुरको काष्ठमण्डप क्षेत्रमा दुर्लभ पैसाहरू किन्न पाइन्छ । तर, वसन्तपुर वरिपरि बस्ने खुद्रा व्यापारीहरू भने ५ पैसाको प्याकेट रु.४०० देखि रु.४५० सम्ममा बेच्ने गरेको बताउँछन् ।

 

प्रतिकृया दिनुहोस