ब्लग सोमबार, पुस २१, २०७६

वनमारा खान्छ गैडा (भिडियाेसहित)

कनकमणि दीक्षित

वनमारा खान्छ गैडा (भिडियाेसहित)
तस्वीरः इलम दीक्षित

करीब दुई दशक अघि फुल्चोकी डाँडाको उत्तरी पाखोमा पर्ने काभ्रे रयाले गाउँको गोरेटोमा दुई महिलाले वनमाराको भारी बोकेर घरतर्फ लग्दै गरेको दृश्य देखियो ।

मेरो पत्रकारिता अध्ययनले भन्थ्यो– यूफाटोरिएम् एडेनोफोरम् वैज्ञानिक नामको यो झारले वन मास्दछ, जरा प्रणाली कमजोर हुनाले बर्खामा माटो समाउँदैन, गाईवस्तुले पनि यसलाई खाँदैनन् अर्थात् वनमाराको केही पनि काम छैन । त्यसैले मलाई आश्चर्य लाग्यो, ती भारी वनमारा केका लागि गोठतिर लग्दै होलान् !

सन् ७० र ८० को दशकमा पूर्वदेखि पश्चिम फैलिएको वनमारा, अतिक्रमणकारी वनस्पति (‘इन्भेसिभ् प्लान्ट’) थियो । दक्षिण अमेरिकाको रैथाने यो बिरुवा सात समुद्र पार गर्दै दक्षिणएशिया र हिमालय क्षेत्र प्रवेश ग¥यो । शुरूमा यो नयाँ बिरुवा देख्दा गाउँले जस्तै वस्तुभाउ पनि अकमक्क परे । खान हुने, नहुने कसलाई थाहा ।

मानिसले अलिपछि वनमाराबाट कम्पोष्ट मल बनाउन सकिने सम्भावना देखे, तर यो झारको अन्य उपयोगिता पत्ता पाउन सकेनन् । कृषि अधिकृत र वैज्ञानिक यसबारे अनुसन्धान गर्दैथिए, बाख्राहरुको स्वाद भने कलिला वनमाराका पातमा बस्न पुगेछ । कम्तीमा एउटा प्राणीले आगन्तुक यो झार चपाउने भएछ । रयालेका महिलाले बाख्राकै लागि वनमाराको भारी बोकेका रहेछन् ।

वनमारा जस्तै वन मास्ने गरी तराईका जङ्गलमा फैलिएको अर्को दक्षिण अमेरिकी झार हो, माइकानिया मिक्रान्था । गत दुई दशकमा विश्वकै नमूना मानिएको चितवन राष्ट्रिय निकुञ्जको जङ्गललाई यसले भसक्कै पारेको छ ।

सिमल, सिसौ, भेल्लर मात्र होइन, बाँस जस्तो कडा बिरुवालाई समेत मिक्रान्थाले ढपक्कै ढाकेर सिध्याएको उदाहरण छन् । जमीनमै पनि फैलिने यो झारले स–साना बुट्यानलाई त सखाप पार्ने नै भयो ।

वनमारा जस्तै वन मास्ने गरी तराईका जङ्गलमा फैलिएको अर्को दक्षिण अमेरिकी झार हो, माइकानिया मिक्रान्था । गत दुई दशकमा विश्वकै नमूना मानिएको चितवन राष्ट्रिय निकुञ्जको जङ्गललाई यसले भसक्कै पारेको छ ।

गत साता चितवन जङ्गलमा पुग्दा देखियो, मिक्रान्थाले अतिक्रमण नगरेको त ठाउँ नै रहेनछ । साना–ठूला सबै रूखलाई यसले चादर जस्तो गरी निसासिने अवस्थामा पुर्‍याएको ।

चितवन, जगतपुरमा रहेको मध्यवर्ती क्षेत्रमा ‘जङ्गल वाक्’ का क्रममा माडीवासी ‘वाइल्डलाइफ गाइड’ कमल अधिकारीले नयाँ कुरा बताए “गैंडाको मिक्रान्था झारमा स्वाद बसेको छ ।” मलाई भने पत्यार लागेको थिएन ।

एकैछिनमा मेघौली नजिकै बग्दै गरेको राप्ती नदीको अलिवर काँसको फाँटछेउ एउटा गैंडा चर्दै गरेको भेटियो । परबाट हेर्दा मिक्रान्था झारको झ्याङमा जाइलागेको जस्तो थियो । गैंडा अलि अघि बढेपछि नजिकै गएर हेरें । हो रहेछ, गैंडाले मिक्रान्था ज्यूनार गर्नुभएकै रहेछ !

जङ्गलबाट फर्कंदै गर्दा अर्का स्थानीय गंगानगरका रेशम परियारले सुनाए, “गैंडाले खाएको देखेर गाउँका अरुले पनि मिक्रान्था उखेलेर गाईबाख्रालाई दिए । हरियो छँदाको मिक्रान्थाका पात खाँदा रहेछन् ।”

गैंडा (चित्तल र अन्य प्रजातिका हरिण) ले मिक्रान्था खानुको सड्ढेत के हो त ? पहिलो त गैंडाले यो झार खानु नै अप्राकृतिक हो, किनकि यो उसको उत्पत्तिसँग सम्बन्धित आहार होइन । दोस्रो भने बाध्यताको उपज हुनसक्दछ, यही झारले अन्य झार–पात, बोट–बुट्यान सखाप पारेपछि ।

हालै चितवन राष्ट्रिय निकुञ्जमा धेरै गैंडाको मृत्यु भएको सन्दर्भमा ‘ह्याबिट्याट’ मासिनुलाई कारण बताइन्छ । गैंडा मारिनुमा यो आगन्तुक झार त कारण होइन भन्ने पनि शंका रहेछ केहीको । मिक्रान्था खाँदा गैंडाको पाचनप्रणालीमा ‘आल्कालोइड’ को मात्रा बढी भएर शरीर त गलाएन ?

अनलाइन खोजीका क्रममा नरेश सुवेदीको विद्यावारिधि अनुसन्धान हात लाग्यो, जसमा मिक्रान्थाको सन् २००० देखिको फैलावटलाई ‘सड्ढट’ को संज्ञा दिइएको रहेछ । सन् २०१२ मा प्रतिवेदन तयार पारेका सुवेदीका अनुसार सुक्खायाममा गैंडाको आहारको ५ प्रतिशतसम्म मिक्रान्थाले ओगट्छ भने बर्खायाममा अन्य धेरै घाँस र झारपात उपलब्ध हुँदा यसको खपत नगण्य हुन्छ । एक दशकयता मिक्रान्थाको भोजन बढेको छ÷छैन बुझ्नुपर्ने हुन्छ ।

समग्रमा मिक्रान्थाको नेपाली वनजङ्गल माथिको हमलालाई सड्ढट ठानिए पनि समाधानमा भने पर्याप्त काम भएको देखिंदैन । चितवन जङ्गलमा अहिले धेरैको आँखा लागेको छ — आश्रम बनाउन इच्छुक बाबाजीदेखि रेलमार्ग, हाइवे कुदाउन तम्सिएका ‘इन्फ्रास्ट्रक्चर भक्त’ हरु ।

माइकानिया मिक्रान्था जोखिमको अर्को कारक बनेको छ, चितवन जङ्गललाई कुरुप र कमसल बनाउँदै । यो आगन्तुक प्रजातिलाई जति छिटो उन्मूलन गर्न सक्यो, चितवनका गैंडा लगायत हामी सबैलाई फाइदा पुग्नेछ । 

प्रतिकृया दिनुहोस