थप समाचार सोमबार, पुस १४, २०७६

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

रासस

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । घरमा कोही नभएको मौका छोपी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।

सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्त इन्द्रले करीब तीन महीनाअघि हत्या गरिएकी बालिकाकी आमालाई डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए । मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ ।

“पक्राउ परेका चुनाराले अत्यधिक मदिरा सेवन गरेको छ”, प्रहरी प्रवक्ता चन्दले भने, “बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा निजले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको छ ।” हत्या महाकाली अस्पतालमा स्थानीयवासीको भीड लागेको छ ।

प्रतिकृया दिनुहोस