होली प्रारम्भ, वसन्तपुरमा चीरोत्थान (तस्वीरहरू)
फागु अर्थात होली पर्व आजदेखि प्रारम्भ भएको छ। काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका परिसरमा चीरोत्थान गरेर होलीको प्रारम्भ गरिएको छ।
फागुन शुल्क अष्टमीका दिन चीरोत्थान गरेसँगै होलीको शुरूआत हुन्छ। आजदेखि देशभर होली मनाउन शुरू भएको छ।
यो पर्व सात दिनसम्म रङ खेलेर मनाइन्छ। फागुपूर्णिमाको दिन चीर विर्सजन गरेर होलीको समापन गरिन्छ।