बरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावबारे शुक्रबार साँझसम्म सत्तारुढ नेकपामा थप कुनै मूर्त छलफल हुन सकेन ।
प्रधानमन्त्री ओलीसँग कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको भेटवार्ता त भयोे, तर छलफल उपलब्धीमुलक बन्न सकेन । प्रधानमन्त्रीको सरकारी निवासमा ओलीसँग दाहालले झण्डै दुई घण्टा लामो छलफल गरेका थिए ।
बार्तामा प्रधानमन्त्री ओलीले आफ्नो प्रस्तावअनुसार, अगाडि बढ्नुपर्ने बताएका थिए । बैठक स्रोतका अनुसार अध्यक्ष दाहालले भने सांसद नै नभएको व्यक्तिलाई प्रधानमन्त्रीको प्रस्ताव समस्या हल गर्ने नियतले नआएको जवाफ दिएका थिए । “ठीकै छ, यो प्रस्ताव स्थायी कमिटीमै राख्नुहोस्, त्यही छलफल गरौंला”, दाहालको भनाइ थियो ।
लगत्तै, अध्यक्ष दाहाल बरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगे । दाहाल र नेपाल बीच पनि लामै समय छलफल भयो । यो भेटवार्ता शनिबारको सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने तयारीमा केन्द्रीत भएको स्थायी कमिटी सदस्य बेदूराम भुसालले बताए ।
“भोलिको सचिवालय बैठकको तयारीबारे कुराकानी भयो । स्थायी कमिटीमै छलफल गर्नुपर्ने भन्ने भएको छ”, उनले भने । दाहाल, नेपाल लगायत प्रधानमन्त्री ओली इतर समूहले यसअघि बाटै स्थायी कमिटी बैठक बस्नुपर्ने बताउँदै आएका छन् ।
तर, बिहीबारको सचिवालय बैठकमा नेपाल र गौतमका लागि नयाँ पदको प्रस्ताव राखेका प्रधानमन्त्री ओलीले भने सचिवालयबाटै यो विषय टुंग्याउनुपर्ने अडान लिदै आएका छन् ।
“बरिष्ठ नेता भने पनि उहाँ तेस्रो अध्यक्ष बराबरकै हैसियतमा पहिलेबाटै हुनुहुन्छ, नामका अगाडि अध्यक्ष भनिरहनुुको ठूलो अर्थ हुनेवाला छैन ।” ओलीको प्रस्ताव अस्वीकार गर्ने भएपछि दाहाल–नेपाल बीच शुक्रबार साँझ भएको छलफलले पनि अब स्थायी कमिटी बैठकमै जोड दिने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री ओली निकट नेताहरुले स्थायी कमिटीमा जानु पहिले सचिवालयमा ठोस् सहमति गर्नतर्फ गृहकार्य गरिरहेका छन् । ओली निकट एक नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने पूर्वतयारीअनुसार सचिवालयमा सहमति जुटाउनेतिर दाहाल–नेपाल नलागेको बताउँछन् । स्थायी कमिटीका ती नेता भन्छन्, “जसरी पनि हटाउने भन्ने तयारी राम्रो होइन, सचिवालयमा नजुटेको सहमति स्थायी कमिटीमा थप समस्या बन्न सक्छ ।”
नेता नेपालले भने आफू निकटका नेताहरु र अध्यक्ष दाहालसँग छलफल गरेरै प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गर्ने मनस्थितिमा बनाएका छन् । उनी निकट एक नेताका अनुसार, प्रधानमन्त्रीले स्थायी कमिटी बैठक टार्न ल्याएको प्रस्ताव अस्वीकार गर्ने तयारी भएको छ ।
तीन नेता भन्छन्, “बरिष्ठ नेता भने पनि उहाँ तेस्रो अध्यक्ष बराबरकै हैसियतमा पहिलेबाटै हुनुहुन्छ, नामका अगाडि अध्यक्ष भनिरहनुुको ठूलो अर्थ हुनेवाला छैन ।” ओलीको प्रस्ताव अस्वीकार गर्ने भएपछि दाहाल–नेपाल बीच शुक्रबार साँझ भएको छलफलले पनि अब स्थायी कमिटी बैठकमै जोड दिने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीमा वामदेव समस्या होइन !
वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावलाई दाहाल, नेपाल र बरिष्ठ नेता झलनाथ खनालले पनि समस्या मानेका छैनन् । तीनै जना पूर्व प्रधानमन्त्रीहरुको एउटै तर्क छ– वामदेव गौतम प्रधानमन्त्री बन्ने कुरामा कुनै समस्या छैन ।
तर, प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउनकै लागि यो प्रस्ताव ल्याएका हुन् भन्नेमा भने तीनै जना पूर्व प्रधानमन्त्री सशंकित छन् । दाहालले प्रधानमन्त्री ओलीसँगको सम्वादमा पनि यो विषय उठाए । स्थायी कमिटी सदस्य भुसाल भन्छन्, “भर्खरै, गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने सचिवालयको सर्वसहमत निर्णय पालना नगरेका व्यक्तिले आफ्नै पद हस्तान्तरण गर्लान् भन्नेमा स्वभाविक प्रश्न उठ्छ ।”
उपाध्यक्ष गौतम भने आफूलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अगाडि बढाउनुपर्ने पक्षमा पुगिसकेका छन् । उनले आफू निकट नेताहरुसँग छलफलमा प्रधामन्त्री ओलीको प्रस्तावलाई पार्टीभित्र निर्णय गराउनेतिर लाग्नुपर्ने बताएका छन् ।
गएको पुसमा र १२ वैशाखमा आफ्नै निवास भैसैपाटीमा भेला गरेका गौतम पनि शनिबारको सचिवालयलाई निर्णायक बनाउने तयारीमा छन् ।
बर्दिया–१ बाट पराजित गौतम प्रधानमन्त्री बन्न भने उपनिर्वाचनको अवस्था सिर्जना गर्नुपर्ने अथवा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुनसक्नेगरी संविधान संशोधन गर्नुपर्ने हुन्छ । स्रोतका अनुसार, यी दुवै विकल्पमा छलफल गर्न सकिने प्रधानमन्त्रीको प्रस्ताव छ । गौतमले भने संविधान संशोधनको सहज र जोखिम रहित विकल्पबारे संविधान विद्हरुसँग छलफल नै थालिसकेका छन् ।
तर, नेता नेपालले व्यक्तिका लागि पार्टी विधान संशोधन गरेर अध्यक्ष हुन्न भन्ने अडान लिएकाले गौतमलाई केही असजिलो हुने देखिन्छ । त्यसैपनि गौतमलाई उपाध्यक्ष बनाउन पार्टी विधान संशोधन भइसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गर्ने वा नगर्ने भन्ने विषयबारे गौतमका लागि पनि शनिबारको सचिवालय विशेष महत्वको हुने देखिन्छ ।
निर्णायक बैठक !
प्रधानमन्त्री ओलीले ल्याएको प्रस्तावबारे थप छलफल गर्न शनिबार दिउँसो चार बजे सचिवालय बैठक बोलाइएको छ । यो बैठक नेकपाको आन्तरिक राजनीतिमा निर्णायक हुने संभावना छ ।
केही दिन यता दुवै पक्षका नेताहरुबीच लगातार सघन छलफल भइरहेको छ । प्रधानमन्त्री ओली निकटका नेताहरुले बालुवाटारमा सांसदहरुको जमघट दिनहुँ गरिरहेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुग्ने सांसदहरुलाई बालुवाटार लैजाने र त्यहाँ ओलीको प्रधानमन्त्री र अध्यक्ष दुवै पद जोगाउने बारे छलफल गरिएका छन् ।
यता, ओली इतर समूहका नेताहरुको भेटवार्ता पनि बाक्लिएको छ । शुक्रबार दिउँसो दाहाल–नेपाल निकट स्थायी कमिटी नेताहरुले सामुहिक धारणा राखेका छन् । दाहाल र नेपाललाई राखेर समस्या हल हुनेगरी बैठकमा प्रस्तुत हुन दबाव दिएका छन् ।
उच्च स्रोतका अनुसार, गएको पुसमा र १२ वैशाखमा आफ्नै निवास भैसैपाटीमा भेला गरेका गौतम पनि शनिबारको सचिवालयलाई निर्णायक बनाउने तयारीमा छन् । दुवै पक्षले सांसदहरुको टाउको गन्ने र हस्ताक्षर गराउने अभ्यास पनि गरिरहेकै छन् ।