भदौमा लिएको ऋण तिर्न भ्याइनभ्याई छ डोम समुदायलाई
मधेशी समुदायमा पछाडि परेको डोम समुदायका अधिकांश मानिस गर्मीमा हाते पंखा र नाङ्लो बुनेर बेच्दै गुजारा चलाउने गर्छन् भने छठ पबनीको समयमा दौरा र सुपली बुनेर गुजारा चलाउँछन्। डोम समुदायले बुनेको दौरा र सुपलीमा छठ पबनीको सामग्री हाल्ने परम्परा रहेको छ।
त्रिविको वार्षिक परीक्षा दशैं पछाडि
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैं पछाडि हुने भएको छ। कोभिड–१९ को संक्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैं पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।