HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
कम्युनिष्ट विरासत तोड्ने कांग्रेस प्रयास  
कम्युनिष्ट विरासत तोड्ने कांग्रेस प्रयास   सत्ताारूढ नेकपा विरुद्घ आक्रामक प्रचार गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस १४ मंसीरमा हुने उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पारेर परम्परागत कम्युनिष्ट किल्ला भत्काउने र जनमत आफ्नो पक्षमा भएको सन्देश दिने दाउमा छ।
देउवालाई 'स्टेट्सम्यान' बन्ने अवसर
देउवालाई 'स्टेट्सम्यान' बन्ने अवसर -शंकर तिवारी राष्ट्रिय राजनीतिको गाँठो फुकाउन 'किंकर्तव्यविमूढ' कांग्रेस नेतृत्वले पहलकदमी लिने हो भने देउवालाई स्टेट्सम्यान बन्न कसैले रोक्न सक्तैन।अनुभवका हिसाबले तीन–तीन पटक प्रधानमन्त्री भएका देउवा समकालीन राजनीतिमा सर्वोच्च 'स्टेट्सम्यान' को दर्जामा देखिन्छन्। तर, उनको 'स्टेट्सम्यानसिप' भने पार्टी सभापतिका रूपमा राष्ट्रिय राजनीतिका पछिल्ला समस्या समाधानमा चाल्ने कदममा निहित छन्। विगतका आधारमा भन्ने हो भने, देउवा निष्ठाभन्दा व्यवहारवादी राजनीतिका पक्षपाती लाग्छन्। तर, यतिबेला उनले निष्ठाको नेता बन्दै शक्तिका प्रति अनासक्त भएर राजनीतिक घटनाक्रम र जनचाहना नियाल्न सक्नुपर्छ।