HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
कांग्रेस नेता पाण्डेले लिए सांसदको शपथ नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउँसो सिंहदरबारस्थित् संघीय संसद् सचिवालयमा शपथ लिएका हुन्।
लुम्बिनी प्रदेशका कांग्रेस प्रमुख सचेतक सुरेन्द्र हमाल जिम्मेवारीबाट हटाइए  प्रदेश सभामा प्रदेशको राजधानीका विषयमा भएको मतदानमा अनुपस्थित भएका सुरेन्द्र हमाललाई नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको मुख्य सचेतकबाट हटाएको छ।