पूर्व एमालेको शक्तिमा दाहालको ‘धम्कीपूर्ण’ भाषा !
पूर्व एमालेमा आएको विभाजनलाई अवसर बनाएका नेकपाको एउटा समूहका अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्तिले तत्कालीन सशस्त्र युद्धको झल्को दिन थालेको छ।
निर्वाचन आयोग पुगेर दाहालले भने, ‘केन्द्रीय कमिटीका करीब दुई तिहाइ सदस्य हामीसँग छन्’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो समूहमा केन्द्रीय कमिटीका करीब दुई तिहाइ सदस्य रहेको दाबी गरेका छन्।