HimalKhabar.com :: A Complete Nepali Political News Portal
विचार
मुकेश पोखरेल
मुकेश पोखरेल
‘चुरे दोहनमा व्यापारी, प्रशासन र जनप्रतिनिधिको साँठगाँठ छ’ २५ पुस २०७६ मा क्रसर उद्योगीको टिपर ठक्करबाट धनुषा, मिथिला नगरपालिका–५ का २४ वर्षीय ओमप्रकाश महतो ‘दिलीप’ले ज्यान गुमाए। दिलीप क्रसर व्यवसायीको अवैध नदी दोहन रोक्ने कार्यमा सक्रिय थिए। र, उनको यही सक्रियता मृत्युको कारण बन्यो। आफ्नै गृहजिल्ला, पुरानो निर्वाचन क्षेत्र मात्र होइन, आफ्नै चासो र चिन्ताको विषयमै काम गरिरहेका एक युवाको असमयमै भएको मृत्युले मर्माहत पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग गएको वर्ष यही समय हिमाल खबरपत्रिकाले विशेष कुराकानी गरेको थियो। महतो मृत्युको आज २५ पुसमा एकवर्ष पुगेको तर, चूरे दोहन र स्थानीय वातावरण संरक्षणकर्मीमा उस्तै त्रास विद्यमान रहेको अवस्थामा हामीले यो अन्तर्वार्ता पुनः प्रकाशन गरेका छौं।