HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
विकास खर्च १९ प्रतिशतले घट्यो, चालू खर्च भने साढे १० प्रतिशले बढ्यो चालू आर्थिक २०७७/७८ को बजेट कार्यान्वयनमा गएको ६ महीनामा विकास निर्माणको लागि गरिने पुँजीगत खर्च १९ प्रतिशतले घटेको छ। तलव भत्तासहितमा हुने चालू खर्च साढे १० प्रतिशतले बढेको छ। चालू खर्च बढेकै कारण चालू आर्थिक वर्षको अर्धबार्षिक बजेट समीक्षा अवधिमा जम्मा सरकारी खर्च १.२७ प्रतिशले मात्रै बढेको देखिएको छ।
राष्ट्र ब्यांकको तथ्यांक : वैदेशिक लगानी एक तिहाइले घट्यो, मूल्य वृद्धि २.९३ प्रतिशतमा सीमित  यो वर्ष वैदेशिक लगानी करीब एक तिहाइले घटेको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महीना (मंसीरसम्ममा) कुल वैदेशिक लगानी अघिल्लो वर्षको यही अवधिका तुलनामा ३१.५ प्रतिशतले घटेर रू. ४ अर्ब ५० करोड कायम भएको छ। जुन अघिल्लो वर्षको यही अवधिमा रू. ६ अर्ब ५७ करोड थियो।