HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यावरण
गुल्मीको रेसुङ्गा क्षेत्रमा भेटिए ३४ प्रजातिका नयाँ चरा  बर्ड कन्जरभेसन नेपालले गरेको पछिल्लो सर्वेक्षणबाट गुल्मीको रेसुङ्गा क्षेत्रमा ३४ नयाँ प्रजातिका चराहरू फेला परेका हुन्। यी चरा मुलुकका अन्य विभिन्न क्षेत्रमा पाइए पनि गुल्मीको रेसुङ्गा क्षेत्रमा अहिलेसम्म रेकर्ड भएका थिएनन्। 
शिकारीले थापेको पासोमा परेर बाघको मृत्यु बर्दिया राष्टिय निकुञ्जको कोर एरियामा शिकारीले थापेको पासोमा परेर बाघ मरेको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार रहेको लमकौली फाँटामा  मृत बाघ हिँजो गस्तीका क्रममा भेटिएको थियो।